Skip to content

हुल्न पाए कस्तो हुन्थ्यो ?


सधैभरि तिमीसँगै डुल्न पाए कस्तो हुन्थ्यो ?
रात बिच अन्धेरीमा भुल्न पाए कस्तो हुन्थ्यो ?

प्रेम रुपी बगैंचामा गुलाफको फूल जस्तै
जुनी जुनी सँगसँगै फुल्न पाए कस्तो हुन्थ्यो ?

मायाँ गाँसी तिमीसँगै चखेवाको जोडी जस्तै
न्यानो तिम्रै अंगालोमा झुल्न पाए कस्तो हुन्थ्यो ?

मायाँ चोरी तिम्रो मनको आफैंलाई कैदी बनाई
तिम्रै मनको झेलखानामा हुल्न पाए कस्तो हुन्थ्यो ?

(२०६९।०३।२४)

Leave a Reply

Your email address will not be published. Required fields are marked *