इन्द्रकुमार श्रेष्ठ 'सरित्'
नडुब्ने घामलाई एकोहोरो नियाल्दा
छोटो-मीठो वर्तमानको आवश्यकता हो । यसलाई अर्को शब्दमा सुविधा र सभ्यताको विकासका सन्दर्भमा पनि लिन सकिने भएको छ । अबका दिनहरूमा साहित्यिक क्षेत्रमा पनि महाकाव्य र छन्दोबद्ध कविता लेख्नेहरू घट्नेछन् । लेख्ने नै नभएपछि पढ्नेहरू पनि हुने कुरै भएन । यसको विपरीत ताङ्का, मुक्तक र हाइकुहरूले भने फस्टाउने मौका पाउनेछन् । नभन्दै ती विधाका रचनाकारहरूको संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएकै छ । अहिले नै पनि मसँग, खगेन्द्र गिरी ‘कोपिला’को ‘डुबे पनि डुब्दैन घाम’ (मुक्तक संग्रह) छ ।
ज्याला भए पुग्छ
मनकामना माताको दर्शन गर्न जानेहरूको एउटा ठूलै हुल उक्लिरहेको थियो । एउटा ठिटो भरियाले भारीको सट्टामा एउटा दर्शनार्थी महिलालाई डोकोमा बोकेर उकालो लाग्यो । भरियाहरूको नियमित गति सँगसँगै उक्लिरहेको दर्शनार्थीहरूको हूलमा हाँसो र ठट्टा चलिरहेको थियो । मनकामनाको मन्दिर अगाडि एउटा होटलसामु पुगेर सबै अडिए ।
कृष्णकल्ली
हेर हेर हेर जुँगामुठेहरू गफिएका । कृष्णकल्लीले आफ्नो क्याबिनबाटै कर्मचारीहरूलाई हर्ेर्दै दाह्रा किटिन् । मोराहरू ! कामसाम गर्नु छैन, कार्यालयमा तरूणीको कुरा काट्यो – बस्यो । कृष्णकल्लीलाई खपिनसक्नु भयो र उनी उठेर टकटक जुत्ता बजाउँदै हिंडिन् । अनि आफू मातहतका कर्मचारीहरूलाई तर्सर्ाादै एउटा सेल बनाएर पुनः आफ्नै सिटमा आएर बसिन् । हरे ! यो कार्यालयका महिला कर्मचारीहरूलाई पनि के भा’ होला । हरेक तर्ीथब्रतमा लोग्नेको दर्ीघायुको काम नगर्दै ब्रत बस्नर्ैपर्छ भन्ने छ र – उस् । अनायासै ओंठ लेप्र्याइन् कृष्णकल्लीले र सोचिन् आफैं कमाउँछन् यिनीहरू र पनि किन सधैँ लोग्ने लोग्ने भनिरहन्छन् – के लोग्ने बिना एक्लो जिन्दगी एक्लै बाँच्न सकिन्न – खै, म त बाँचेकै छु, हाँसेकै छु र जीवनमा केही गरेर खाएकै छु । कृष्णकल्लीले मनमनै गुनिन् ।
बिहानीमा साझ परेपछि
वैस निख्रिननिख्रिन लागे तापनि रूप र लावण्यले मलाई छाडिसकेको छैन भन्ने मलाई राम्रैस“ग थाहा थियो । पहिलोपटक मलाई देख्ने जोकोहीलाई पनि ‘प्लस टु’ मा पढ्ने दर्ुइ छोराछोरीकी आमा भनेर अड्कल काट्न हम्मेहम्मे पर्छ । त्यसैले पनि हुनसक्छ, मभित्र सधै“सधै“ एउटी चञ्चले युवती मडारिरहन्छे, मेरो कानमा साउती गर्छर्ेेयौवनका तुफान र लहरयुक्त कुराकानी गरेर ऊ मेरा रहरहरूको बेलुनमा हावा भर्छर्ेे अनि त्यो बेलुन बादलमा उड्न थालेपछि बढ्छ मेरो छटपटी र झलझली सम्भिmन्छु म आश्रयलाई । उसले र मैले लगातार तीन वर्षन्दा बढी समय स“गै बिताउन पाएना“ै । मायाले मात्र खान र लाउन नपुगेपछि ऊ देश छाडेर विदेशियो । १८ वर्षो अवधिमा ऊ जम्माजम्मी चार-पा“च पटक मात्र नेपाल आयो होला । त्यो पनि ज्यादै थोरै समयका लागि मात्र ।
सपनी दुख्छ बिपनीमा
नातिलाई स्नेहालु भावले हेरिरह्यो सभ्यराजले । निष्पिmक्री निदाइरहेको नातिको अवोध मुहारमा उसले आफ्नै छोरा अभयराजको प्रतिच्छायाँ देख्यो । छोराको स्मरण हुनासाथ सभ्यराजको छातीमा किन-किन गाँठो पर्यो र कसो-कसो घाँटीमा केही अप्ठ्यारो अनुभव भयो । छोरो प्राप्तिका बेलामा ऊ र उसकी धर्मपत्नी चन्द्रावती कम खुसी थिएनन् । तर, त्यो खुसी, ती सपना र ती दिनहरू जीवनको यस मोडमा आइपुग्दा यसरी फेरिएलान् भन्ने पूर्वानुमान सभ्यराजलाई पटक्कै थिएन ।
- « Previous
- 1
- 2
