Skip to content

इन्द्रकुमार श्रेष्ठ 'सरित्'

एउटा मर्मस्पर्शी कथाः यहाँ किन आएको ?

नेपाली कथा साहित्यमा कथाकार डा. बेञ्जु शर्मा आफैमा एउटा परिचय र प्रतिष्ठा पनि भएकोले उहाँको प्रशङ्कमा कुरा गर्दा उहाँलाई थप परिचयको आवश्यकता पर्दैन, यसोभन्दा अनुपयुक्त हुने छैन । कथाका अतिरिक्त कवितामा पनि उत्तिकै साधनारत व्यक्तित्व डा. बेञ्जु शर्मा काव्यमाभन्दा बढी आख्यानमा खुलेर अभिव्यक्त भएको अनुभूति उहााँका कथाहरूको अध्ययन गर्दा स्पष्ट हुन्छ । कथालेखनमा आफ्नो पृथक परिचय बनाइसकेर छुट्टै अनि विशिष्ट शैली निमार्णका लागि निरन्तर साधनारत डा. शर्माका कथाहरूको अध्ययन गर्दा उनका अधिकांश कथाहरू वियोगान्त भेटिन्छन् ।

IndraKumarShresthaSarit-03

जीवनको सार्थकता

देशको लागि एकपटक
संग्लो पानी बनेर बहन पाए पनि हुन्थ्यो
जता जता छन् सूख्खा र मरुभूमि
त्यहाँ त्यहाँ पूगेर धर्ती भिजाउन
पए झन कत्ति जाती हुन्थ्यो

यस्तो पनि हुन्छ

एलिना नउठ्दै रोजनले चिया बनाएर पियो र नलिनाका लागि चिया थर्मसमा हालेर विछ्यौनासँगैको टेबलमा राखिदियो । त्योभन्दा अगाडि उसले दालतरकारी पकाइसकेको थियो । भात पकाउनका लागि भने चामल भिजाएर ठिक्क पारेर राख्यो । चिया पिउदापिउदै लुगा फेरेर घाँटीमा टाई झुण्ड्याइसकेपछि रोजन डेराबाट निस्क्यिो । छ बजे त कक्षामा पसिसक्नुपर्ने हुनाले ऊ हिँडेरै कलेजमा पुग्यो । कलेज जानका लागि माइक्रोबस वा टेम्पो कुरिरहनुभन्दा हिडेरै निश्चित समयमा कलेज पुगिने भएकोले उसले कहिल्यै पनि माइक्रो वा टेम्पो कुर्दैन थियो । हाजिरी गरेर कक्षामा पुग्दा विद्यार्थी टनाटन रहेछन् ।

परिणति

आफ्नै आँखाअगाडि थुप्रिएको भग्नावशेष देखेर पनि दिलमायालाई विश्वास लागिरहेको थिएन, अब यहाँ घर होइन, केवल तिनका भग्नावशेष मात्र छन् भनेर।

यस्तो एउटा दृश्य

युवीनले रजितालाई मन पराएको छ वर्ष बितिसकेको थियो । मायाको बारी खोज्दै दुईले जिल्लाभरिको पोखरी, डाँडापाखा र घाँसदाउरा गर्ने ठाउँ कुल्चिन कतै बाँकी राखेका थिएनन् । तर युवीनको भरपर्दो रोजगारी नभएकोले उसले रजिताका आमाबाबुसँग रजिताको हात माग्न सकेको थिएन जब कि युवीनका बाबुआमालाई रजितालाई बुहारी बनाउन कुनै आपत्ति थिएन । एकतर्फी मञ्जुरीले मात्र काम नलाग्ने भएपछि युवीन लोकसेवामा भीडेको भीडै थियो संगसँगै उसले सरकारी गैरसरकारी संस्थाहरूको आफ्नो योग्यता मिल्दो कुनै पनि पदमा आवेदन दिन छुटाएको थिएन । तर युवीनको छेउछाउ सफलताले आउनै मानेकी थिइनन् । त्यसैले दुवैको मनसुवा सफल हुन सकिरहेको थिएन ।

मात्र एउटा अवकाश पत्र

मानिस जन्मेपछि मर्छ यो शाश्वत सत्यसँग कसैको दुई मत हुनै सक्दैन । तर एक दिन मरिन्छ भन्ने जान्दाजान्दै पनि मानिसले आफूले आफूलाई माया गर्छ आफ्नो कायालाई माया गर्छ, आफ्नो छायाँलाई समेत स्नेह गर्छ जबकि उसलाई थाहा छ जीवनमा एक दिन काया, छायाँ, माया, धन, दौलत, प्रियजन सबै छाडेर अनन्त यात्रामा निस्किनै पर्छ तैपनि मृत्युपर्यन्त ऊ लोभ, मोह र क्रोधबाट पृथक रहन सक्दैन । किनभने संसार मायावी छ र मायावी संसारको मोहबाट जोगीहरूले मुक्त हुने भरमग्दूर प्रयत्न गरे तापनि भोगीहरू मुक्त हुन के सक्थे र यही मायावी समुद्रको म पनि एक थोपा हुँ । म पनि परम्पराबाट हटेर पृथक हुन कसरी सक्थें र ? कसरी सक्नु र ?

मान्छेदेखि सावधान

कसले फाँड्यो जङ्गल
कसले लुट्यो फाइदा
रामकहानी लाग्ने यसको वास्तविकता
मलाई थाहा छ
तपाईलाई थाहा छ
थाहा पाएर पनि
थाहा नपाएको अभिनय गर्ने को हो ?
त्यो मलाई पनि थाहा छ
तपाईलाई पनि थाहा छ ।

भमरा बनी आइरहन्छु

भमरा बनी आइरहन्छु म, फूल बनी बोलाऊ
जुनजस्तै मुहार छ नि भो भो जुनटिकी नलाऊ ।

परै बसी हेर मलाई, ए दाजै वरवर नआऊ
पाउने छैनौ तिमीले मलाई लेक बेसी नधाऊ ।

नाइँ नाइँ भन्ने सोल्टिनेले

नाइँ नाइँ भन्ने सोल्टिनेले नआउनु है छेउमा
अाँखा जुधे लड्नेछ्यौ नि पिरतीको लेउमा ।

लुकामारी कति खेल्छ्यौ जोवन बित्ला ख्यालमा
डेरा पाए सर्ने थिएँ, सोल्टिनीको दीलमा ।
ह्ुन्छमात्रै भने तिमीले मनको ढोका खोल्छु
रानी बनाई तिमीलाई पाल्न पहरा नि फोर्छु ।

त्यो सन्देश

प्रशिक्षण सकिंदा रातको बाह्र बजिसकेको थियो । प्रशिक्षण स्थलबाट एक एक गरेर हामी लूसूक्क निस्किंयौं । बिरोधीहरूको दृष्टि नपरोस भनेर हामी साटाकसूटक आ -आफ्नो बाटो लाग्यौं । यत्ति राति म कहिल्यै हिंडेको थिइन । मलाई डर पनि लाग्यो । तैपनि आफ्नै उद्धेश्यले मलाई ढाडस दियो र मैले मन दह्रो पारें । कसैले पछ्याइरहेको जस्तो लाग्यो । मन झस्कियो । आबूई । भुत पो हो कि क्या हो ?

दिउँसो नेतादेखि अभिनेतासम्म भेला हूने ठाउँमा कोही छलिएर उभिरहेको भान भयो । मैले हत्तपत्त गम्छाले टाउको र मूख छोपें । ढैंचाको बारीमा छलिंदै छलिंदै म अगाडि बढें ।

अन्ततः यस्तो भएपछि

आज फेरि प्रणयसँग झगडा पर्यो । हुन त हाम्रो झगडा नपरेको दिन नै कुन छ र ? तैपनि उसको तुलनामा आज म अलि बढी आक्रमक भएँ कि ? उसले पनि गर्न र भन्न बाँकी त के नै राखेको छ र ? उसले केही नगरेको भए सके हाम्रो झगडा नै पर्ने थिएन होला । यदि त्यस्तो हुँदो हो त कति रमाइलो र सुखद् हुन्थ्यो होला हाम्रो दाम्पात्य जीवन । कति सम्झाएँ उसलाई, रोएँ, कराएँ, बिन्ती नै गरें, साथीभाइलाई पनि सम्झाउन लगाएँ उसलाई । तर मेरो केही शिप लागेन । उसले जम्मै कुरा बुझेको छ र पनि, नबुझेकोजस्तो किन गरेको होला ? के उसलाई हाम्रो दाम्पात्य जीवनरुपी घर भत्किन्छ कि भनेर अलिकित पनि डर लाग्दैन ? चिन्ता लाग्दैन ? पीर लाग्दैन ? हाम्रो सम्बन्धलाई के दुखाउछ ? केले बिसाउँछ ? जम्मैजम्मै कुरा उसलाई थाहा छभने उसका ती जम्मै कृयाकलाप के मलाई रुवाउन वा पीडित बनाउनका लागि मात्रै हो त ? दाम्पात्य जीवनको जग भत्किएला कि भनेर मैले मात्रै चिन्ता लिनुपर्ने हो त ? के उसको चाहिं कुनै पनि भूमिका र जिम्मेवारी छैनन् त ?

IndraKumarShresthaSarit-02

धनले मात्र के गर्नु र

धनले मात्र के गर्नु र तिमी त छौ परदेशमा
कति माया लाउनु व्यर्थै इमेल इण्टरनेटमा ।

फोटो हेर्छु फेसबुकमा एक्लै हुन्छु रात बिहान
हुरहुर बल्छ तन मन के होला नि निदान ।
नजिक भए पोखिदिन्थें माया तिमीलाई कलकल
अँगालोमै तिमी भए किन चाहिन्थ्यो नि मोबाइल ।

मात्र एउटा घर

विहानीको आगमनसँगै
एकहुल भँगेराहरू चाँचाँ र चुँचुँगर्दै
मेरो झ्यालमा ठोक्किन आइपुग्छन्
लहरिएका मनीप्लान्टमा लुकामारी खेल्छन्
निरन्तर मलाई
उनीहरूको खेल हेर्न बाध्य पार्छन्

पैसा, पैसा

पैसा-
यो नभई जीवन पटक्कै चल्दैन
समय त जेनतेन चल्न सक्छ टुकटुकटुकटुक
तर यसको अभावमा
समयले मानिसलाई धेरै पछाडि छाडिदिन्छ ।
भोक यसैले मेटाउँछ
तिर्खामा तृप्ति यही बनिदिन्छ

IndraKumarShresthaSarit

जून फुलेको रात

बुङमती क्षेत्रमा निर्माणधिन संयुक्त आवास गृहहरूका प्रत्येक कार्यालयहरूमा उसले चहारेको यो दोश्रो पटक हो । तर जति बिन्तीभाउ गरे पनि आज पनि हात लाग्य शून्य नै । कहीं कतैबाट एउटा पनि विज्ञापनको जोहो हुन सकेन । दिनभरिको मिहिनेतस्वरुप सुका मोहरसमेत उठेन । भोक, तिर्खा र थकानले चुर भएर ऊ रत्नपार्क आउने गाडीमा चढ्यो । उसले झट्ट सम्झ्यो —वागबजारका स्टेशनरी पसलका पुनचा साहुले सानो भए पनि विज्ञापन दिन्छु भनेको थिए, हजार रुपैयामात्रैको बिज्ञापन दिए पनि आज दिनभरिको शास्ति अलिकति त कम हुन्थ्यो कि ?

उज्यालो खोज्ने मन

ताराहरूको टहटहले मलाई लोभ्याउँछ
जूनको उज्यालोले मलाई शीतल दिन्छ
त्यसैले ताराको उज्यालोसँगसँगै म युगौंयुग हिंड्न सक्छु
जूनसँगको, तारासँगको अटुट नाता म मन पराउँछु
जून र तारासँगको न्यानो सन्निधिलाई
म धेरै धरै आत्मीयतापूर्वक अँगाल्छु

एउटा कथा लेख्नु छ

  • by

एउटा कथा लेख्नु छ, यही सम्झेर सुशान्तलाई रातभरि निन्द्रा लागेन । भोलिपल्ट कार्यालयमा पनि दिनभरि उसले छटपटी बेहोररिह्यो ।

आकार

  • by

‘क’ ले एसएलसी पास गर्न नसकेपछि व्यापार गर्न थाल्यो । ‘ख’ ले आइए पास गर्न नसकेपछि व्यवसायमा मन लगायो । ‘ग’ ले बी.ए. पास गर्न नसकेपछि साहित्य सिर्जनाको बाटो लियो । उनीहरू तीनजना अहिले, यो देशका नामी व्यापारी, नामी उद्योगपछि र नामी लेखक भएका छन् ।