मुना २०६६ असार

बाल अधिकार

  • by

सीता भृकुटी बालकै हुन् जनक थिए बालक
रामकृष्ण बालकै हुन् श्रवणकुमार बालक
देवकोटा, सम, पारिजात यी पनि थिए बालक
आजका साना बालबालिका संसारका चालक ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हाम्रो देश, राम्रो देश

  • by

डुल्छ चरी वनैभरि काफल पाक्यो भन्दै
मान्छेलाई हर्ष लाग्छ उसको बोलि सुन्दै
बुद्धि, बानी वन्चरीको निस्वार्थकै हुन्छ
काफल पाक्यो, भन्दै डुल्दै झट्टै थाहा दिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असल साथी

  • by

अनिषा, विनिताको असल साथी थिई । उनीहरू एउटै कक्षामा पढ्दथे । घर पनि सँगसँगै जस्तो थियो । अनिषा सरल, मृदुभाषी, लगनशील र सहयोगी थिई । विनिता छुच्चो स्वभावकी थिई । अनिषा विनिताको दुःख-सुखमा साथ दिन्थी । विनिताको गृहकार्यमा सघाउनेदेखि कहिलेकाहीँ स्कुल जाँदा-आउँदा बस भाडासमेत तिरिदिने गर्दथी अनिषा । विनिता भने मौका पर्‍यो कि अरू साथीहरूसँग गएर कुरा काट्न थाली हाल्थी – बाबै अनिषा त कस्ती घमण्डी ! यस्ता उस्तालाई त मान्छे नै गन्दिन । त्योसित कोही पनि नमिल है ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शीर्षक के हो ? (मुना २०६६ असार)

  • by

शैलजा र सपना बोर्डिङ स्कुलको कक्षा ८ मा पढ्छन् । उनीहरूबीच आपसमा धेरै मेल छ । बेला-बेलामा सपनाले राम्रा राम्रा कुरा ल्याएर देखाउँछिन् । मीठा मीठा क्याडवरी चकलेट ल्याएर शैलजासँग बाँडेर खान्छिन् र भन्छिन् – “यो मेरो मम्मी-ड्याडीले अमेरिकाबाट पठाइदिएको ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नाक

  • by

रमा धेरैबेर आफ्नो अनुहार ऐनामा हेर्ने गर्थिन् । उसको यो बानी देखेर घरका सबै जना वाक्क भएका थिए । रमाकी आमा त सधैँ ऐना रमाले नभेट्टाउने ठाउँमा लगेर लुकाउँथिन् । रमा भने ऐना जसरी भएपनि खोज्थिन् । रमाको यो बानी देखेर घरका सबैजना उसलाई कहिले गाली गर्थे भने कहिले हाँस्ने गर्थे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शुभारम्भ

  • by

“आमा ! आमा ! हेर्नुस् न मलाई दाइले कथाको किताब पढ्नै दिँदैन ।” भन्दै शुभ हातमा एउटा किताब समात्दै दगुर्दै दगुर्दै आमा नर्मदेश्वरीको पछाडि लुक्न गइन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •