Skip to content

Deep Raj sharma

पानीका फोकाहरू

बन्दै, फुट्दै
बन्दै, फुट्दै
निरन्तर एक चक्र चलाइरहेछन्-
पानीका फोकाहरू ।
शक्ति समायोजन
विफल भैरहेछ,
अनि पट्ट पट्ट फुटिरहेछन –
पानीका फोकाहरू ।

के नेपाल सानो छ ? (रिमिक्स)

उर्वसीको चित्कार, देवदुन्दुभीको घोष, एक लहर नभमा गोता खाईरहेछ, चित्त सानो हुनेले, भन्छन -नेपाल सानो! यो कस्तो सम्योग ? धर्तीको छातीऊपर नाचिरहेछ- मयुर । दिवा स्वप्नझैं लाग्ने ती मनका रहरहरु- यो मुलुक बोल्दछ, सुनाउँछ यसले ईतिहास, देखाउँछ कोर्राका डाम,प्रस्फुटन भईरहेछन- शब्द अनाम । बाचेको छ, बाचिरहनेछ सदियौं; पिडा भले हजार भऊन, गङाको-तीर तिरै गाईरहनेछन गाइनेहरु – ‘वीरताको चीनो, सहिदको रगत…’। भुलिरहेछ मानिस आफ्नो ईतिहास तर एक वेग पवनको- मीठो उपहार जीवनको- सँगालेर, उच्छवास जीवनको खोज्दै, हाम्फाल्दै छन-पिढीहरु । मानिस उही, जुनी उही तर फरक छ आत्मियताको उपहार!

इच्छा

द्वन्द्वकालको समय । आषाढ माह । ऊपर आकाशमा बसेर ईन्द्रदेवले बादलहरूलाई ठुलो गर्जनाको आदेश जारी गरेका थिए । खोला – नालाको आयतन र वेग दुवै बढेको थियो, त्यसले गर्दा पहाडी गाउँका सिढीदार खेतहरू आफ्नो बलिदान दिन बाध्य भएका थिए । कृषक रुदन गर्दै थियो- प्रकृतिको त्यस कहर र माओवादीको त्रास सम्झेर ।

अन्तर्राष्ट्रिय भाषा

म देख्दछु- एक वृक्षऊपर, डालीमा कुँक्दै छ – कोकिल । एक भाषा बोल्दछ उसले, महाकविको भाषा-“जो लेखिन्न, बोलिन्न, बुझाईन्न” । त्यो भाषा प्रेमको भाषा !

चैत्रको एक हूरी – झक्झोर भएका ती वृक्षका पत्रहरू- गुमनाम डगर, बेघर भई डुलिरहेछन बिचरा ! दम्भित पवनको त्यो उग्र झोंकाले छिया-छिया भएकी बिचरा त्यो वृक्षलता ! सान्त्वनाको गीत गाउदैं छ – कुहु-कुहु त्यो कोकिल । प्रेमको त्यो अनौंठो रूप, सरल भाषा साथी ।

बद्री

बिहान उठेर ऊ अफिस जान्छ । अफिसमा बोसलाई भेट्दछ । किन किन उसलाई अराजक हुन मन लाग्छ, बोससँग । ऊ बोसको नाकमा मुक्का लगाउन चाहन्छ । हात खुल्न थाल्छन, मगज बन्द हुन्छ । मुठ्ठी कस्छ र ……

“उफ !” – मगज एक्कासी रन्थनिन्छ – “भोली सडकमा आउने बिचार गरिस क्यारे तैंले!” – मगजले सम्झाउछ उसलाई ।

भ्रम हो वा प्रेम यो ?

1.
कल्पित स्वप्न जस्तो जस्तो,
आकृति तिम्रो अनौंठो!
मोती अङ्ग अङ्गमा चम्किए जस्तो
बतास चल्दछ मनभित्र-
केवल पिरती चाहना जसको!!
2.
तिम्रो – मेरो सम्बन्धको
सायद यो महाभाव हो!
भ्रम हो वा प्रेम यो ?
बुझ्नै गाह्रो, बुझ्नै गाह्रो!
बुझ्नै गाह्रो, बुझ्नै गाह्रो!!
3.
घाईते भएछ आज यो मुटु,
बाण लागेछ तिम्रो नजरको
छिछिमिराझैं खोज्दछ यो मुटु-
अग्नि-ज्वाल तिम्रो सामिप्यताको!!

दशैं हो यो कि दशा जीवनको ?

दशैं आउला खाउँला पिउँला रे ! के खाने के पिउने ? गोजी रित्तो छ, बैंक ब्यालेन्स सुन्ना छ, कमाई छैन, घर आमाका आँखा कुर्दै छन राह उसका! भन्छ उसलाई पढेको मान्छे समाजले, गर्दछ ऊ गन्थन अनेक, तर छैन सुधी कमाईको ।”के गरी जीवन बिताउँछस प्यारा तैंले ?”- बुवा प्रश्न गर्नुहुन्थ्यो कहिले – काँही । भन्थ्यो – “संसार ठुलो छ, केही त गर्न सकिएला नि; सकिएन भनें खेत – बारी त छदैं छन नि, हल चलाउँला, मकै गोडुलाँ, किन पीर मान्सिन्छ तँपाई ?”

खातेहरू

दिनभरि मिहिनत – मुजुरी गरेर जब साझ घर फिर्किनुहुन्छ नवराज दाइ । त्यसपछि घरपाला रक्सीका एकाध बोत्तल रित्त्याएर माम खानुहुन्छ र मीठो निद्रा निदाउनुहुन्छ । म सधैं उनका कुरा सुन्दछु । उनको वाणीमा कुनै कपटता र अभिमानका शब्द मैले भेटेको छुइँन । र, बेला-बेला जब उनले यस्तो भन्नुहुन्छ – “भाइ तिमी धेरै पढेको मान्छे; हामी भन्दा धेरै जान्ने छौ ।”

पीडा

आजकाल यौटा बेथा चलेको छ, बबूलनाथलाई । सायद चल्दो हो सबैलाई यस किसिमको बेथा – यस उमेरमा । कुरा सामन्य नै हो! कुरा चाहनाको हो, अपुर्ण चाहना पछिको पीडाको कुरा हो यो । बबूलनाथ गणित पढाउँछन । उमेर खासै धेरै छैन, हुँदा हुन त्यस्तै २६ – २७का! यौटा नयाँ विद्यालय पुगे उनी पढाउन भनी । पहिलो नजरमैं प्रेम भयो उनलाई यौटी शिक्षिकासित । ती शिक्षिका सायद २१-२२ वर्षकी हुँदी हुन । त्यो रूप, त्यो रङ्ग ! बबूलनाथलाई स्वर्गकी परी झै लागिन उनी । उनी यौटा सानो बालकको औंला समातेर उसलाई कक्षाकोठातर्फ लादैं थिइन ।