Deep Raj Sharma

नेता

साधारण किसानको घरमा उसले जन्म लियो । उसले मात्र होईन धेरैले जन्म लिए! अरु ता सब मिहिनती थिए, ऊ भनें अल्छी । गफ ठुला-ठुला जोत्दथ्यो, काम-माटोको यौटा ठेला समेत उठाउने चेष्टा उसले कहिले गरेन । बिस्तारै समयले उसलाई ठुलो बनाउदैं लग्यो । उसका हत्केलाहरु ठुला भए, उदर ठुलो भयो, ललाट ठुलो भयो, शरीरका सबै अङ्ग ठुला भए, सिवाय मगज । उसको मगज सानोको सानो नै रह्यो । बुवा-आमा दिनभरी कुटो-कुदाली गरेर आउँछन्, ऊ भने वनतिर डुल्छ, आवाराहरुसँग गुच्चा खेल्छ, तरुणीहरुलाई जिस्क्याउँछ, बुवाको गोजीबाट दुई-चार पैसा चोरेर चुरुट पिउँछ, बेला-बेला घर्तिनी दिदीकहाँ गएर जाँड्-रक्सी पनि पिउँछ । समाजमा घुलमेल बढाउँदै जाँदा उसले जुवा खेल्न पनि सिक्यो, मुझराहरुमा मन बहलाउने तवरहरु पनि सिक्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्झना

“अँध्यारो रातमा हेडलाईट बालेर राजमार्गऊपर तीव्र गतिमा गाडी त सबैले कुदाउँछन साथी”, उसले भन्यो,”म भिन्दै किसिमको मान्छे हूँ, मलाई हेडलाईट चाहिंदैन । म जुनकिरीकै प्रकाश मात्र भएपनि ६० मील प्रति घन्टाको रफ्तारले गाडी हाँक्न सक्दछु…. ।”
ऊ भनिरहेथ्यो, म सुनिरहेथें; ऊ सुनिरहेथ्यो, म भनिरहेथें। उसको नाम बबूलनाथ हो । मेरो पुरानो मित्र, भनूँ भनें दुख- सुखको मित्र हो ऊ । ऊ बोल्दछ- जब सन्ध्या हुन्छ; बोलिरहन्छ रात नबितुन्जेल । अर्धपागल जस्तो, कता-कता नेपाली देवदासको झझल्को उसभित्र देख्न सकिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अरुणिमा…

नेपाल सुन्दर, शान्त, विशाल । आफ्नो मुलुकको परिभाषा गर्न महाकविका यी शब्द मैंले चोर्नै पर्योप, सायद ममा यति साहस छैन कि यस पवित्र धराको व्याख्या मैंले गर्न सकूँ । जीवनको २५ बसन्त पार गरिसक्दा ममा व्यग्र चिन्ता व्याप्त भयो, मगज रन्थनियो । मगज रन्थनिनु स्वाभाविक कुरा हो किनकि साथीहरू प्रगति गरिरहेछन्, म अवनति । म आफ्नो मगजलाई रन्थनिएको देख्न सक्तीन । म मगज-मन्थनका लागि डुल्न चाहन्थे । साउन माह थियो । मेघहरू गड्याङ्ग-गुडुङ्ग गर्दै थिए । इन्द्रदेव पृथ्वीवासीका निम्ति उदार भएका थिए । कोठाको झ्यालबाट पानीको एक बाछिटोले मेरो निद्रा भङ्ग गर्यो र म एक बेनाम, गन्तब्यविहिन यात्राका लागि हानिएँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरहरा चढ्ने मनभित्रको त्यो रहर ….

सोचेथें, एकदिन म पनि स्नातक उत्तीर्ण भएर त्यो सुन्धारानेरको धरहरा चढौला । स्नातक उत्तीर्ण भएपछि मसँग पनि त हुने छ एउटा जागिर, एउटा गलफ्र्याण्ड, काली होस वा गोरी कोई त होली मेरो नि! तर, समय बडो निष्ठुरी बन्यो मेरा लागी । म स्नातक उत्तीर्ण भएँ, साह्रो खुशी लाग्यो । तर, जागिरले मसँग नाता तोड्यो, कालीले नि मसँग नाता तोडी । म एक्लो भएँ । कति रहर थिए मनभित्र ! उत्तीर्ण भएर कालीसित, काठमाण्डौलाई धरहराउपर चढेर नियाल्ने मेरो रहर थियो । त्यो धरहरा सधैं मुस्काइरहन्छ । धरहरा भन्दछ, आऊ मेरो समीप, मेरो बुई चढेर तिमीले हेर ती सुन्दर-सुन्दर दृश्यहरु! तर, कति जटिल बन्यो मेरो मनको यो रहर!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बसन्तको आगमन

नाच्न थाले मुना नयाँ
नाच्न थाले पालुवा !
के भन्दछ यो पवन ?
के भन्दछ यो गगन ?
हेर, त्यो बसन्तको आगमन!
तिमीलाई प्रत्एक खुशी मिलोस्
लामो जिन्दगी मिलोस्
भन्दछ यो मौसम –
स्वागतम् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

थापाथली चोक र उडिरहेका logicहरू

आज कुरा गरौ- logicका । लजिकले महत्वपुर्ण भूमिका निर्वाह गर्छ जीवनमा । ऊ हेर्नोस variablesहरू कुदिरहेछन – थापाथली चोक वरपर । आखिर किन त ? किनकि logicको अभावमा ती variablesहरूले आफ्नो अस्तिव गुमाउनु परिरहेको छ । कुन variableलाई मन हुँदैन र! कि उसको जीवनमा पनि बजनदार valueथपिओस भनेर ? सबैलाई हुन्छ । कति local variableहरू छन, कति global variableहरू छन यहाँ । local भउन, global भउन जे सुकै भउन ; आखिर ती सबै variableहरू को उद्देश्य त एउटै न हो-value स्टोर गर्ने! हिजो राति मैले कृष्णजीलाई देखे सपनीमा । उनी भन्थे -“बाबु घोर कलियुग आयो ऐले; तिमीबाट स्वार्थी variableहरूले तिम्रो value खोसेर लग्न सक्दछन्! सचेत रहनु!!”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई दिनको यो जिन्दगानी

दुई दिनको यो जिन्दगानी,
भ्रम, धोका र चालबाजी को खानी
यस कलियुगका आऊ बनौं रत्न हामी
साटौं चोखो पिरती ।
न देखेको, न लेखेको ,न सुनेको
सुनाएर जाऊ हामीले प्रेमको एक कहाँनी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रस्ताव

फक्रिन्छन फूलहरु, फक्री ओईली झर्छन
एक हुन्छन मुटुहरु, एक भई टाढिन्छन
भोली रहन्छ रहँदैन, यो मौसम प्रेमको
भोली रोकिन्छ रोकिँदैन, बहार यो बसन्तको
आऊ बिताईदिऊँ प्रेममैं, चार क्षण यस प्रभातको ।
डाँडामाथी विचरित छन मेघहरु
पुष्पको हृदयभित्र चिसा चिसा ज्वालहरु!
मुटु चाहनाले परिपुर्ण, चाहनाले परिपुर्ण यो रात
अधरहरुबीच थिचिएको, मीठो त्यो एक बात
आऊ गरिदिऊँ वैंश यो आज, एक-अर्कालाई समर्पित !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लोकसेवामयी गाऊँ

गाऊँ सुन्दर छ, सरल छ, स्पष्ट छ- पौषको कुनै दिनझैं – मन चिस्सिएका अवश्य छन तर त्यो चिसोपनलाई कुहिरोले ढाक्न सकेको छैन; भित्र-भित्रै, त्यो मानिषहरुबीचको चिसोपनलाई – झन झन चिसो हुनबाट कसैले जोगाएको छ भनें, त्यो हो लोकसेवा!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

professor शिव

कुरा यो लोकभन्दा धेरै परको हो, तर कुरा भनें यही लोकसँग सम्बन्धित नै हो । एक जना प्रोफेसर हुनुहुन्थ्यो – त्रिलोकभन्दा बाहिर । उहाँको पहुँच अनन्तसम्म थियो, हामी अझै पनि उनलाई सम्झिन्छौ- तपाई शिवजी भन्नुहुन्छ उहाँलाई, तर म अल्झिएकोको गाँठो फुकाएर शिवजीको वास्तविकता ऊजागर गर्दै छु आज, यहाँ । शिवजी कुनै देवता होइनन् । उसो त धेरै जना मसँग रिसाउलान – शिवजीलाई यस्तो आक्षेप लगाउँदा । तर कुरा भनें म यथार्थ नै गर्दै छु । शिवजी यौटा प्रोफेसर हुन । लास्टै साईको प्रोफेसर एक शिवजी हुनुहुन्थ्यो । भाङ, धतुर खाएर अनाप – सनाप प्रोजेक्ट गर्न ब्रह्मा र बिष्णुलाई उहाँ लगाउनुहुन्थ्यो । बिचरा ब्रह्माको जवानीमैं दारी फुलेर सेतो हुन पुग्यो । बिष्णुजी भने ह्यान्ड्सम नै हुनुहुन्थ्यो । नानीहरू ज्यान लुटाउँथे बिष्णुजी ऊपर । ब्रह्मा – Computer Scientist र बिष्णु – Electronics Engineer हुनुहुन्थ्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाप

‘ए ठुलीमा भैंसी ब्यायो रे नि हिजो! ‘- बाल्यकालको कुनै दिन मैंले आफ्नो ठुलीमासँग प्रफुल्लित हुँदै यो वाक्य भन्या थिएँ । भैंसी ब्याउनु यौटा किसानको लागि ठुलो सन्तोसको कुरा हुन्छ । भैंसी यौटा सदस्य सरोह हुन्छ कृषकको परिवारमा । मलाई स्मरण छ, मैंले मेरो घरको यौटा गोरु मर्दा दुई छाक नुन बारेको कुरा । अनि त्यो दिन जब ठुलीमा कहाँ भैंसी ब्यायो र मेरो बाल्यकालको एक चाहना – उसको नवप्राणी शिशुसित खेल्ने- जुर्मुरिएर उजागर हुन थाल्यो, तब मैंले आफ्ना पग रोक्न सकिन । म एक उत्सुकता बोकेर गोठतर्फ बढें । तर, गोठमा माउ एक्लो थिई, उसको भरखर जन्मेको शिशु देखा परेन । मलाई आश्चर्य भयो । ‘कहाँ गयो होला त्यो सानो प्राणी ? कतै राती वनबाट कुनै बाघ आएर उसलाई आफ्नो आहार बनाएर त गएन ?’- मनभित्र कौतुहलका अनेक प्रश्नहरू उप्जिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नासो


१९६० इस्वी तीरको कुरा हो यो! कमलाकान्तले जीवनका अन्तिम चन्द साँसहरु लिईरहेका थिए । उनी ओच्छ्यानमा र् याल चुहाउदैं आफ्नो जेष्ठ पुत्र- खुमलनाथलाई जीवनका तमाम उकाली ओरालीहरुबारे बताईरहेका थिए । यत्तिकैमा आत्मा शरीरबाट चुड्ला – चुड्ला झै भयो । घरका सारा जहाँनहरुले गङ्गाजल खोज्न थाले; आमा ईश्वरीदेवीका परेली भिजे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

क्रोध

मलाई ऐले अत्यन्त नै रिस उठिरहेछ । मगज तातिएको छ, शिरमा रहेका शूक्ष्म कोशिकाहरु फुत्त – फुत्त उफ्री रहेछन । शिरका नशा अत्यन्तै जटिलविधि फडफडाईरहेछन । म चिसो पानी खाने गर्दछु रिस उठ्या बेला । ऐले मौसम तेसै चिसो छ, चिसो पानीले झन -झन कष्ट दिने छ । त्यसकारण म चिसो पानी पिउँदिन । क्रोधित अवस्थामा म बौलाहा हुन पुग्दछु । बौलाहे पछी म मानव रहदिँन । मेरो शरिरबाट मानवता मर्दछ, मेरो शिरमा अदृश्य सिंग पलाउँदछन । म उद्घोश गर्दछु चहुदिशामा आफ्नो क्रोधका स-साना ज्वाल । बारीको भित्तामा प्रहार गरिरहेको- जुध्न न पाएर मुर्मुरिएको कुनै गोरु झैं, म कोठामा भित्ताहरुलाई ताकेर मुठ्ठी कस्दछु र जबरन प्रहार गर्दछु । तब,

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गुरुदक्षिणा

एक जमाना थियो जब गुरु द्रोणाचार्यले अर्जुनलाई महाभारतको युद्ध हुनु भन्दा पुर्व आगाज गरेका थिए – “हे अर्जुन ! यदि तिम्रो बाणले मेरो छाती चिरेन भनें म तिम्रो गुरुदक्षिणा फिर्ता गर्ने छु! ”

आजकाल जमाना परिवर्तित भएछ, TU ले गुरुदक्षिणा वृद्धि गर्दछ, विद्यार्थी गुरुदक्षिणा वृद्धि फिर्ता गर्नु पर्छ भनेर आन्दोलनमा उतरिन्छन । त्यो जमाना थियो जब गुरुले गुरुदक्षिणा फिर्ता गर्ने कुरा गर्दा शिष्यलाई लज्जाबोध हुन्थ्यो । तर, आज त्यस्तो कुरा हुँदा विद्यार्थी प्रफुल्लित हुन्छन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मन अनौंठो मानिसको,

मन अनौंठो मानिसको,
खोक्रो खोक्रो !
एकाबिहानै कता कता बल्झिएको,
त्रास मुटुभित्र पसेको!
यत्रो यस संसारमा किन –
मन मात्र अनौंठो मानिसको ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •