आजकाल यौटा बेथा चलेको छ, बबूलनाथलाई । सायद चल्दो हो सबैलाई यस किसिमको बेथा – यस उमेरमा । कुरा सामन्य नै हो! कुरा चाहनाको हो, अपुर्ण चाहना पछिको पीडाको कुरा हो यो । बबूलनाथ गणित पढाउँछन । उमेर खासै धेरै छैन, हुँदा हुन त्यस्तै २६ – २७का! यौटा नयाँ विद्यालय पुगे उनी पढाउन भनी । पहिलो नजरमैं प्रेम भयो उनलाई यौटी शिक्षिकासित । ती शिक्षिका सायद २१-२२ वर्षकी हुँदी हुन । त्यो रूप, त्यो रङ्ग ! बबूलनाथलाई स्वर्गकी परी झै लागिन उनी । उनी यौटा सानो बालकको औंला समातेर उसलाई कक्षाकोठातर्फ लादैं थिइन । बबूलनाथका आँखा चार भए उनीसित । उनी अलिक लजाइन, लजाएर नजर अन्तै मोडिए उनका । बबूलनाथले जगमगाउँदा ताराहरूमाझ पुगेर स्वप्न बटुल्न थाले, असीमित स्वप्न पिरतीका !
रातभरि छटपटी हुन्छ बबूलनाथलाई; बबूलनाथ कल्पना गर्दछन – ती शिक्षिका उनी नगिच आउँछिन, अझ नगिच आउँछिन । कुनै दूरी नरहने गरिको सामिप्यताको अनुभूति बबूलनाथलाई हुन्छ। ती गुलाफी अधरहरूको रसपानमा बबूल व्यस्त हुन चाहन्छन, त्यो रेशमी जुल्फबाट मगमगाउँदो बासना जब छरिन्छ यत्र-तत्र, तब बबूल होस हराउन पुग्दछन । मनका सारा चाहनाहरू एक्कासि मनबाट निस्केर सयर गर्न खोज्दछन – स्वच्छ, सौम्य र शीतल बगैंचामाझ ।
भोलिपल्टको कुरा! विद्यालयको टिफिन टाईम हुँदै थियो । ती शिक्षिका एक्लो बसेकी थिइन । बबूलनाथ पुग्दछन उनीनेर र बोल्न चाहन्छन उनीसित । कहाँबाट आरम्भ गर्ने कुरा? कुरा आरम्भ हुन्छ ।
चियाको चुस्की लिदैं बबूलनाथ प्रश्न गर्दछन – “मिस हजुर कुन विषय पढाउँनुहुन्छ ?”
“म ग्रेड टीचर हूँ । क्लास १ र २लाई हेर्छु ।”
“कति वर्ष भयो मिसलाई- पढाउँन थालेको?”
“५ महिना भयो । अनि सर हजुरलाई नि?”
“त्यस्तै २-३ वर्ष जति भयो । घर कहाँ हो नि मिसको?”
“माईती काभ्रे हो, अनि ससुराली घर दोलखा हो सर । यहाँ भने सानेपा बस्दै छौं, हामी श्रीमान – श्रीमती!”
बबूलनाथलाई किन किन चियाको त्यो अन्तिम चुस्की तितो लागेर आयो । उनका सारा चाहनाहरू त्यस बखत भुँईमा लम्पसार लडेका थिए । सागर किनार यौटा छाल आउँछ र त्यस छालले समस्त बबूलनाथका चाहनाहरूलाई बगाएर लग्दछ । बबूलनाथलाई पीडा हुन्छ, गुलाफ टिप्न खोज्दा काँडाले च्वाँस्स कोपिदिदाँ हुने जस्तो पीडा !

Ramro cha deep raj sharma
Ramro cha deep raj sharma jee, dherai ramro.
Nice selection and combination of words
Wow nice to read you writing Deep,
I read whole story with making your image as Babulnath…. it feels like this is not just story…. Simple but really with feelings… keep it up
nice and short story
the reader got some feelings inside while reading which is the best part i thought.
thanks friends
thanks friends
Its nice. I think his heart
Its nice. I think his heart has broken knowing that she was already married.