Skip to content

मनु शर्मा

नेपालीको बानी चेन्ज

भनिन्छ तरबार र कलमको लडाइँमा अन्तिम जित कलमको हुन्छ तथापी हामीले हाम्रा ईतिहांसहरू पल्टाएर हेर्दा कर्यौ पटक कलमलाई तरवारले काटिदिएको उदाहरण पाउन सकिन्छ ।

बदनाम हुदैछु म तिम्रै कारणले

भनिन्छ संसारमा सबैभन्दा चोखो उमेरमा लाएको माया प्रीति हो रे, तर आज भोली मायाप्रीति विद्यालय र विश्व विद्यालयका अल्लारे नानी बाबुहरूको कब्जामा पर्न थालेपछि उतिबेलाको परिभाषा बदनाम हुदै गएको छ l यसमा प्रमुख भूमिका निभाएको छ पश्चिमी संस्कृति तथा मल्टिमिडीया मोबाइलले l

हुन त आजको परिवर्तनकारी युगमा सारा दोषहरू विद्यार्थीको काधमा थोपरेको भनेर सोझा विद्यार्थीहरू लाई नरमाइलो पनि लाग्ला तर म दोषारोपणको लागि वाध्य छु l

नारी समानता र स्वतन्त्रता

नारी, जसलाई समाजको आधा आकाशका रुपमा हामी मान्दछौ । ईतिहाँसलाई केलाएर हेर्दा नारीहरु धेरै पिछडिएको पाइन्छ । बंशावलीहरुमा पिताको थरले प्रश्रय पाउनु, सानो उमेरमा बिवाह, आप्mनो जन्म घर छोडेर जानुपर्ने परिपाटीहरुले पनि नेपाल पितृ प्रधान देश भएको र नारीको स्थान दोश्रो नम्बरमा रहेको प्रष्ट पारेकोछ ।

अस्तित्व

गणतन्त्र, लोकतन्त्र मेरो अतित होइन,
तथापि मलाई लाग्यो आज परिवर्तन प्यारो ।

स्वतन्त्र बोल्न नपाइने राणा शासन होइन,
भोको पेटमै पनि बोल्न पाइने लोकतन्त्र प्यारो ।

सर्वोच्च शिखरले परिचित देश होइन,
मलाई अनुदानको भीख माग्ने नेपाल प्यारो ।

ManuSharma

यौवनका लोग्ने मानिस

मनका राजा मानिकन तिमीसँग भागी आएँ,
बा आमाले दिन्नन भनी तिम्रो साथ लागी आएँ ।
एक चुट्की सिन्दुर मैले, सधै तिम्रै लागि लाएँ,
तिम्रो सृष्टि रच्ने निहुँमा, मैले कस्तो भाग्य पाएँ ?

चोखो माया जुनीभरि, गरिरहन्छु भन्थ्यौ पहिले,
सँग-सँग उत्सवहरू, सम्झिन्थ्यौ जहिले ।
जन्मदिन तिम्रो प्रियसीको, सम्झिने छाड्यौ अहिले,
मभन्दा नि माया गर्ने, अर्कीको छ अहिले ?