Skip to content

नारी समानता र स्वतन्त्रता

नारी, जसलाई समाजको आधा आकाशका रुपमा हामी मान्दछौ । ईतिहाँसलाई केलाएर हेर्दा नारीहरु धेरै पिछडिएको पाइन्छ । बंशावलीहरुमा पिताको थरले प्रश्रय पाउनु, सानो उमेरमा बिवाह, आप्mनो जन्म घर छोडेर जानुपर्ने परिपाटीहरुले पनि नेपाल पितृ प्रधान देश भएको र नारीको स्थान दोश्रो नम्बरमा रहेको प्रष्ट पारेकोछ ।

बर्तमान परिस्थीतीमा उच्च बर्गका नारीहरुलाई लिएर नारी समानता तथा अधिकारको बिषयमा बहस गर्ने हो भने कयौं नारीहरु पुरुषलाई उछिनेर एक कदम अगाडी पुगिसकेका र बरु पुरुष नै नारीहरुबाट पिडित भएका खबरहरु पनि कहिलेकाहिं सुन्न-पढ्न पाईन्छ । मध्यम बर्गका नारीहरुले केहि हद सम्म आप्mना हक अधिकारका लागि संबन्धित निकायमा गुहारेको तथा निकासका बाटाहरु पहिल्याउने प्रयासमा लागेको पाईन्छ । निम्न बर्गका महिलाहरु भने अभैm पनि अन्याय, अत्याचार र असमानताको चुंगलमा फसिरहेका, यिनका हक अधिकारका कुरा गरेर सिमीत टाठा बाठा नारीहरु नारी हितका शहरमुखी संगठन मार्फत संस्थागत सहकार्य गरि आप्mनो स्वार्थमा लागेका व्यवसायीक संगठन प्रसस्त पाइन्छ शहरीक्षेत्रमा ।

पौराणीककालका कथाहरुलाई सर्सर्ती हेर्दा नारी स्नेह कि खानी, सहनशीलता कि साक्षात मूर्ती, साक्षात देबीको रुप भनि बोक्रे प्रशंसा गरेको भए पनि तिनै कथामा पतिको मृत्यू पछि सती जानुपर्ने, पुरुषले जति बिहे गरे पनि पाउने, नारी पतिब्रता रहनु पर्ने जस्ता बन्देजहरु पनि लादिएको पाइन्छ । यसबाट के झल्कन्छ भने पूर्वकालका महाँपुरुषहरुले बिस्तारै बिस्तारै नारी शोषण तथा हिंसा सुरु गरि सोहि अनुसार नै सामाजीक चलन चल्तीका कानूनहरुको परिर्वतन गरेको हुनुपर्दछ ।

नेपालको सन्दर्भमा मुलुकी ऐनमा बिवाह गरेको बाह् बर्ष सम्म सन्तान नभएमा पुरुषलाई अर्को बिवाह गर्ने छुट दिनु कानूनले महिलाहरु केवल बच्चा उत्पादन गर्ने मेसिनको रुपमा परिभाषित गरेको देखिन्छ । कानूनमा भएका यसप्रकारका त्रुटीहरु समयानुसार परिवर्तन हुनु पर्दछ, नारी पुरुष समान हुनुपर्दछ भन्ने कुरामा कयौं शिक्षित तथा संगठीत महिला समूहले कयौं पटक दवाब सिर्जना गरेपश्चात अन्तत प्रतिफलमा सरकारले कानूनमा भएका महिला बिरुद्धका भेदभाबका (लै्रङ्गीक असमानताका) त्रुटीहरु पनि २०५९ मा ऐन संसोधन गरि पारित गरिएकाछन् तथापी कयौं नारीहरु आज पनि यो परिवर्तित कानूनमा के छ र यो कस्का लागि भन्ने बिषयमा अनभिज्ञ रहेकाछन् ।

“बुभ्mनेलाई श्रीखण्ड नबुभ्mनेलाई खुर्पाको बिंड” भने भैं भएको छ यो कानून अनि नारी स्वतन्त्रताको कुरा । हाम्रा समाजका कयौं नारीहरु मध्येका केहि उदाहरण हुन् राजनितीज्ञ चित्रलेखा यादब, नायिका रेखा थापा, सौन्दर्य बिशेषज्ञ कमला श्रेष्ठ तथा अधिवत्ता मिरा ढुंगाना जस्ता महिलाहरु जो समाजमा नारी र पुरुष बिचको समानता र नारी हक हित को स्वतन्त्रता हांसील गर्न सफल होलान् तर आम नेपाली नारीहरुको तुलनामा मुस्किलले मात्र पन्त्र–बीस्र प्रतिसत नारीहरु आप्mना हक अधिकार संरक्षणमा सजक तथा सफल रहेकाछन् ।

बर्षमा एक दिन आउने नारी दिवस, जहां गाउं गाउँ बाट नारीहरु बिभिन्न संजाल मार्फत जम्मा हुन्छन् शहरमुखी कार्यक्रममा आप्mनो हक अधिकार र स्वतन्त्रताको लागि आबाज बुलन्द गर्न भनेर । “हामी नारी हिंसाको अन्त्य तथा आप्mनो हक अधिकारको संरक्षण गर्न सक्छौ” जस्ता भाषण दिने र सुन्नेको भिडमा छाएको थपडीका गडगडाहटले लाग्छ सांच्चै महिलाहरु सक्षम भए आप्mना हक अधिकारका लागि, भोलीपल्ट आप्mनो घर धन्दा चुलाचौका स्याहार्दै पूmर्सत हुंदैन उनीहरुलाई । संधैको घरायसी हिंसाका चपेटामा परेकि महिलाहरुको खबरहरु छाईरहेको हुन्छ संचारमा ।

महिलाहरु वास्तबिक रुपमा किन स्वतन्त्र हुन सक्दैनन् ? कहिल्यै बिचार गर्नु भएकोछ तपाईले ? पहिलो कारण हो नारीमा शिक्षा तथा चेतनाको अभाब अनि दोश्रो महिला हक हित तथा स्वतन्त्रताको संघर्षमा लागेकाहरुको पछाडी खुट तान्ने प्राय महिला नै पाइन्छ । छरछिमेकीको भनाई, सासुको कचकच, नन्द आमाजुको बचन, यी सारा सहेर आप्mनो हक अधिकारका लागि अघि लाग्नु भन्दा सबै सहन्छिन उनी, अनि बिना ज्यालाको ज्यामी भैm खटिरहन्छीन घरधन्दा, बालबच्चाको स्याहार सुसार अनि श्रीमानको चाकडीमा ।

नारी हक अधिकारका लागि समानता र स्वतन्त्रता ब्यवहारमा उतार्न नारी दिवशको नाममा सार्वजनिक स्थलमा श्रीमानहरुको धज्जी उडाउनु भन्दा बिकट क्षेत्रका हरेक घर–घर बाट समेत नारी शिक्षा तथा चेतनाको अनिवार्यता प्रति प्रतिबद्धता अनि घरायसी समस्याहरुलाई घर भित्रै आप्mना मान्यजनहरु माझ राखेर दिर्घकालिन समाधान खोज्ने राय सल्लाह लिने दिने अभियान जगाउनेहो भने नारी समानताका उपलब्धीहरु सकारात्मक नहोलान् त ?

Mangsir 2067

Leave a Reply

Your email address will not be published. Required fields are marked *