एउटा असफलताको कथा
आज फेरि म असफल भएको छु । यसको प्रमाण, मेरो यही लेखाइले दिएको छ । जब जब म असफल हुन्छु, त्यही बेला मेरा लेखनहरू सक्रिय हुन्छन । अनायास औलाका गतिहरू तीब्र हुन्छन् अनि भावनाहरू एकाएक पोखिन थाल्छन् पानामा । अनि यही पानाहरू नै मेरो जीवन रुपी संस्मरण बनेको छ । मेरो जीवन एउटा खुल्ला किताब जुन अहिलेसम्म लेखिइरहेको छ । मेरो मृत्यु पछि सायद यसले आफ्नो पूर्ण रुप पाउला जसको अन्तिम पृष्ठमा मेरो अन्त्य लेखिएको हुनेछ ।अनि त्यस किताबको लेखक म स्वयं हू, असफल मान्छे !
