Skip to content

सतिस

एउटा असफलताको कथा

आज फेरि म असफल भएको छु । यसको प्रमाण, मेरो यही लेखाइले दिएको छ । जब जब म असफल हुन्छु, त्यही बेला मेरा लेखनहरू सक्रिय हुन्छन । अनायास औलाका गतिहरू तीब्र हुन्छन् अनि भावनाहरू एकाएक पोखिन थाल्छन् पानामा । अनि यही पानाहरू नै मेरो जीवन रुपी संस्मरण बनेको छ । मेरो जीवन एउटा खुल्ला किताब जुन अहिलेसम्म लेखिइरहेको छ । मेरो मृत्यु पछि सायद यसले आफ्नो पूर्ण रुप पाउला जसको अन्तिम पृष्ठमा मेरो अन्त्य लेखिएको हुनेछ ।अनि त्यस किताबको लेखक म स्वयं हू, असफल मान्छे !

त्यस्को भाले

त्यसले बोलेथ्यो,
भाले नवासी बिहान हुदैन,
सपाट कालो ओढने उघ्राएर ,
बिहान सदाझै हासेको हुन्थ्यो,
अनि ऊ जोड जोड्ले चिच्यौथ्यो ,
देखिस् ! भाले नवासी बिहान हुदैन,
अनि म प्रयत्न गरिरहे, यहि सम्झाउन ” बिहान त आफै हुने हो नित्य ”

ऊ अट्टहास गर्थ्यो भन्दै
-” तेरो अपरम्परात्मक धारणा,
परम्परा लाई लत्याउने कोशिस गरि त के पाउछस ?
यसरी पुर्खादेखि चली आएको नियमलाई त किन चलाउछस ”

म मुस्कुराउँछु अनि भन्छु
-” जसले नया परम्परा बसाउने ताकत राखछ,
ऊ पुराना परम्परा जोगाइराख्न बाध्य छैन,
सुधार गरि पुराना ति कमजोरीहरू फेरी नया सुरुवात गर्छ ”

ऊ अझै मेरो कुरा बुझ्दैन,

मान्छे

अरुको पीडाले हतपत आफू रुदैन मान्छे
आफैसँग, किन आफू, खुशी हुँदैन मान्छे ?

आफ्नो सानो दुखमा नि अचेत हुने गर्छ
अरुको ठुलै चोट पनि, किन बुझ्दैन मान्छे ?

मर्छु मर्छु लागिरहन्छ

झर्दा मेरो आशु पनि पानी देख्छन् सबैले
हाँस्दा म खुशीमा पनि पागल ठान्छन् सबैले
सायद मेरो बाँच्ने समय सकिगयो कि
मर्छु मर्छु लागिरहन्छ सायद होला त्यसैले ।

किचकन्नी

मैले सोचे–“घाम नडुबेसम्म रात पर्दैन ।”

अब मैले रातको नभै घाम डुब्ने समयको प्रतीक्षा गर्नु पर्नेछ । किन आज समय यस्तो बिस्तारै गइरहेको छ ? अरु बेला त दिन र रातको कुनै पत्तै हुँदैनथ्यो । आखिर आज मलाई के भइरहेछ । के म प्रेममा त परिन ! धत् नचाहिने कुराहरू किन आइरहेको होला मनमा ।

एउटै काटीले सिङ्गो शरीर जलाउने गर्छु म

एउटै काटीले सिङ्गो शरीर जलाउने गर्छु म
सम्झी तिमी आफ्नो कलम चलाउने गर्छु म

नजर त केवल तिमीमा नै दौडिरहेको हुन्छ
तैपनि तिमीसँग आँखा छलाउने गर्छु म

दुखेको सपना

एउटा,
दुखेको सपना
विक्षिप्त अनुहार , मलिन कान्ति
नशा नशामा बगेका उर्जाहिन तरलता
म भोग्दैछु अन्र्तसंघर्ष
अनि
हार पनि मेरै जीत पनि मेरै
आशु पनि मेरै गीत पनि मेरै

प्रत्येक निमेषमा आफ्नै असफलता निल्दैछु
थाहा छैन किन सफल भएको ढोगं गर्दैछु ?
त्यो सुनसान रातमा हरेस खाइ हिडदा
आफ्नै छायाले पनि छाडेथ्यो
फेरी सबैले भने सपना त राती पो देख्नु
मैले भने हैन दिउसो देख्नुपर्छ किन भने उ होशमै हुन्छ
र सपना पुरा गर्ने सामथ्र्य राख्छ ।
अनि म दिउसो सपना देख्नेमा पर्छु
त्यसैले त मेरो सपना दुखेको छ ।
र मेरो सपना छ
अभाव भन्ने कुराको अभाव
समानताका रेखाहरु जताततै
सबैको मुहारमा उज्यालो कान्ति

पुरा नहुने सपना मैले देखेर के भयो

पुरा नहुने सपना मैले देखेर के भयो
हात यो काटी तिम्रो नाम लेखेर के भयो

तिम्रो र मेरो जीवनको बाटो फरक छ भने
तिमीले र मैले एउटै बाटो टेकेर के भयो

वसन्तमै ओइलाएर झरेजस्तै जीवन मेरो

वसन्तमै ओइलाएर झरेजस्तै जीवन मेरो
विधाताले अन्याय पो गरेजस्तै जीवन मेरो

हेर्दाहेर्दै समयले खेद्न थाल्यो मलाइ फेरी
आज होकि भोलि केथा भरेजस्तै जीवन मेरो

ओठमा छ मुस्कान अनि हृदयमा छ पीडा
फुल्नै नपाइ कोपिलामै हरे जस्तै जीवन मेरो

मानिसलाइ बाच्ने कति धेरै इच्छा हुदोरैछ
फेरी एक निमेषमै टरे जस्तै जीवन मेरो

रिस राग उमङ्ग सबै किन छैन मनमा आज
कोलाहलबाट शुन्यतामा झरेजस्तै जीवन मेरो

परिवर्तनको मार्ग

त्यसवखत सायद म विश्वम्भर दाइको कुरा राम्ररी बुझ्न सक्दिनथे । तैपनि किन हो मलाई वहाको कुरा मन पर्थ्यो । मेरो छेउकै कोठामा वहा बस्नुहुन्थ्यो । त्यसबेला म ८ कक्षामा पढथे । आफुलाई लागेका कुराहरू उनैलाई भन्ने र सोध्ने गर्थे । वास्तवमा म उनलाई धेरै प्रश्न सोधेर मनको कौतुहल मेटने गर्थे यस क्रममा मेरो ज्ञानको भण्डार पनि भरिदै जान्थ्यो । मलाई याद छ, एकदिन मैले सोधेको थिए – “के मृत्युपछि पनि जीवन संभव हुन्छ ?”

“पहिला तिमी नै भन दिनपछि रात हुन्छ कि हुदैन ?”