Skip to content

मर्छु मर्छु लागिरहन्छ


झर्दा मेरो आशु पनि पानी देख्छन् सबैले
हाँस्दा म खुशीमा पनि पागल ठान्छन् सबैले
सायद मेरो बाँच्ने समय सकिगयो कि
मर्छु मर्छु लागिरहन्छ सायद होला त्यसैले ।

यतै कतै हुन्छु तर देख्दैनन् मलाई कसैले
आफ्नै ठानी मलाई अब भेटनै छाडे कसैले
सायद मेरो जीवन कतै पतन भइगयो कि
झर्छु झर्छु लागिरहन्छ सायद होला त्यसैले ।

चिच्याएर बोल्दा पनि सुन्दैनन मलाई कसैले
आफन्त भन्नेहरूले पनि चिन्नै छाडे सबैले
सायद मेरो अस्तित्व कतै मेटिगयो कि
सक्छु सक्छु लागिरहन्छ सायद होला त्यसैले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *