Skip to content

पुरा नहुने सपना मैले देखेर के भयो


पुरा नहुने सपना मैले देखेर के भयो
हात यो काटी तिम्रो नाम लेखेर के भयो

तिम्रो र मेरो जीवनको बाटो फरक छ भने
तिमीले र मैले एउटै बाटो टेकेर के भयो

चाहन्नौ एक अर्काको साथ कुनै हालतमा भने
बिचमा बसी हामीलाई कसैले छेकेर के भयो

फरक सोच फरक विचार छ भने दुवैको
झुक्केर कतै बाटोमा फेरि भेटेर के भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *