त्यसले बोलेथ्यो,
भाले नवासी बिहान हुदैन,
सपाट कालो ओढने उघ्राएर ,
बिहान सदाझै हासेको हुन्थ्यो,
अनि ऊ जोड जोड्ले चिच्यौथ्यो ,
देखिस् ! भाले नवासी बिहान हुदैन,
अनि म प्रयत्न गरिरहे, यहि सम्झाउन ” बिहान त आफै हुने हो नित्य ”
ऊ अट्टहास गर्थ्यो भन्दै
-” तेरो अपरम्परात्मक धारणा,
परम्परा लाई लत्याउने कोशिस गरि त के पाउछस ?
यसरी पुर्खादेखि चली आएको नियमलाई त किन चलाउछस ”
म मुस्कुराउँछु अनि भन्छु
-” जसले नया परम्परा बसाउने ताकत राखछ,
ऊ पुराना परम्परा जोगाइराख्न बाध्य छैन,
सुधार गरि पुराना ति कमजोरीहरू फेरी नया सुरुवात गर्छ ”
ऊ अझै मेरो कुरा बुझ्दैन,
सायद अभ्यस्त दिनचर्या ले ऊ अभिशप्त छ,
धर्म अनि परम्पराको परिधिले ऊ संकुचित भएको छ,
र त जब भाले बस्ने समय उज्यालो हुन्थ्यो बिहानी पख,
ऊ बार बार भन्थ्यो-
” देखिस् भाले नबासी बिहान हुदैन
भाले नबासी बिहान हुदैन ”
