Skip to content

बाँचेका त को छन् र यहा यो मुर्दाहरुको शहर


जहाँतहीँ संत्रास नै छ कस्तो हो यो प्रहर
बाँचेका त को छन् र यहाँ यो मुर्दाहरूको शहर

एक अर्काका शत्रु भई सबै मानिसहरू
कति खेल्ने होली यहाँ बनाई रगतको नहर

यता हेरु उता सबै गन्धै गन्ध रैछ
निस्सासिदै बाँच्नु यहाँ बाध्यता कि रहर

आफू बाँच्न आफैलाई बेचिदिनुपर्ने
बाँच्न को पो सक्छ यहाँ पिलाइदेउ जहर

Leave a Reply

Your email address will not be published. Required fields are marked *