Skip to content

रमेश कँडेल

RameshKandel-02

तिमी छौ उता म परदेश

तिमी छौ उता म परदेश कहाँ, कहाँ हो कहाँ बास छ आमा
मुख हेर्ने दिन भन्छन आज, नहुँदा काख मन निरास छ आमा

दश धारा दुधको ऋण छ तिम्रो, ब्याज पनि तिर्न सक्दिन होला
तैपनि थोरै सक्छु कि दिन, खुशीको त्यान्द्रो आस छ आमा

जान अन्जान कतै भुल भयो होला, श्राप रत्ति नदिनु है
आफन्त टाढा छटपटी मनमा, ज्यान त्यसै जिउँदो लास छ आमा

औंसीको रात हो कि

औंसीको रात हो कि, जुनको झल्कोले मार्यो
पत्तै पाछैन मैले, कुनको झल्कोले मार्यो ?

टोलाई बस्या’थे किनार, कानमा झ्याउँकिरी रोयो
बजाउँथे मुरली बनमा, धुनको झल्कोले मार्यो

सिनै जस्तो गनाए पनि

सिनै जस्तो गनाए पनि खाइन्छ त्यो सिद्राको के कुरा
साथै हिँडाल्न नसकेपछि अब उनको चरित्रको के कुरा

सयौं पापी डुबुल्की मार्छन अनि पाप पखाल्छन यहाँ,
के बगेको छ साथमा ? चोखो छ रे गंगा उनी भित्रको के कुरा

नून चुक दले झैँ बल्झेको घाउ

नून चुक दले झैँ बल्झेको घाउ, आजकल अतिनै चर्याउन थाल्यो
टोलाइरहन्छन् कहिले यी आँखा, एकान्तमै दिल हराउन थाल्यो

उखानै छ अगुल्टोले हानेको कुकुर, बिजुली देखेर चम्किन्छ
माया भन्ने शब्दले नै आज, सुन्दैमा मन डराउन थाल्यो

RameshKandel

झरेर पात शिशिर पार गर्छ

झरेर पात शिशिर पार गर्छ, कलिला पालुवा पलाउन
भावनामा चुर्लुम्म आफैँ डुब्नु पर्छ, हजुर कलमलाई चलाउन

नशामा डुब्नेहरू अमृत सम्झी, पिउछौ सडाएको अन्न
मनुष्य जन्म यसै होइन तिम्रो, व्यर्थै ज्यान थलाउन