औंसीको रात हो कि, जुनको झल्कोले मार्यो
पत्तै पाछैन मैले, कुनको झल्कोले मार्यो ?
टोलाई बस्या’थे किनार, कानमा झ्याउँकिरी रोयो
बजाउँथे मुरली बनमा, धुनको झल्कोले मार्यो
थलामा परे नी हजुर, धनै तगारो बन्यो
को छ र सोध्ने पानी ? गुनको झल्कोले मार्यो
कुनै जन्मको पाप हो कि ? पितृको सराप बोकी
न रम्न सक्याछु यहाँ, खुनको झल्कोले मार्यो
प्रेमदिवस रे आज, तस्वीर हजार छन् दिलमा
क्षितिजपारि छन उनी, उनको झल्कोले मार्यो
औंसीको रात हो कि, जुनको झल्कोले मार्यो
पत्तै पाछैन मैले, कुनको झल्कोले मार्यो ?
रमेश कंडेल, वामी – ५, गुल्मी
हाल युगान्डा, अफ्रिका