नून चुक दले झैँ बल्झेको घाउ, आजकल अतिनै चर्याउन थाल्यो
टोलाइरहन्छन् कहिले यी आँखा, एकान्तमै दिल हराउन थाल्यो
उखानै छ अगुल्टोले हानेको कुकुर, बिजुली देखेर चम्किन्छ
माया भन्ने शब्दले नै आज, सुन्दैमा मन डराउन थाल्यो
अचानोमा माशु छअरे आजकल, खुकुरी बनेर जाम कि क्या हो
गाउलेले भन्छन तेरै बारीमा, छ्मेकिले भैसी चराउन थाल्यो
सपनीमा म यहाँ झरी परेर, कामेको छु लुथ्रुक्क भिजेर हजुर
मेरै चुल्हामा खोइ को हो उता, कराईमा तेल खराउन थाल्यो
प्रजा को दु;ख टार्नलाई राजा, भौतारिदै छन् खै कता हो कता
राज्यमा सासक नहुँदा उता, दुस्मनले झण्डा फहराउन थयो
रमेश कँडेल
वामी -५ गुल्मी, हाल युगान्डा
