इन्द्र बेहोस छन यो घरी-घरीभन्दा
स्वर्गकी अप्सरा धर्तीमा झरीभन्दा
कल्पनामा डुब्छन कोही, तस्वीर उनको हेरी
सुगन्ध उनमा, गुलाबभरिभन्दा
आउँदो रहिछ उनकै, तस्बिर सामु
श्रद्धाले जय जय जय हरिभन्दा
कति फुर्सदमा बनाए होला कुन्नि
कयौ सुन्दर छिन उनी डाँफे चरीभन्दा
खुल्छन आँखा ब्रम्हा, बिष्णु, महेश्वरका
यिनै हुन् हेर धर्तीकी परीभन्दा
