सिनै जस्तो गनाए पनि खाइन्छ त्यो सिद्राको के कुरा
साथै हिँडाल्न नसकेपछि अब उनको चरित्रको के कुरा
सयौं पापी डुबुल्की मार्छन अनि पाप पखाल्छन यहाँ,
के बगेको छ साथमा ? चोखो छ रे गंगा उनी भित्रको के कुरा
अघि कठै भने पनि पछि हाँस्छन् दिल खोलेर यँहा,
मुखमा रामराम बगली छुरा हुन्छ कोहीकोही मित्रको के कुरा
जानेको छु संसार यस्तै छ यँहा तै पनि हास्नै पर्ने रहेछ,
परेको छ पीडा जलेको छ मन, कति परे दिलमा छिद्रको के कुरा
सिन्है जस्तो गनाए पनि खाइन्छ त्यो सिद्राको के कुरा
साथै हिँडाल्न नसकेपछि अब उनको चरित्रको के कुरा
रमेश कंडेल,
वामी -५, गुल्मी, हाल युगान्डा, अफ्रिका
