Skip to content

Shambhu Karki

हर बिहानिले एउटा आस ल्याउछ !!

हर बिहानिले एउटा आस ल्याउछ
मन्द मन्द चिसोनै बतास ल्याउछ

यसरी दिनै देशमा प्रकोप गए
सबै जनतामा डरत्रास ल्याउछ

सोर्ह सत्रको उमेरनै त्यस्तो होकि ?
मिठो-मिठो यौबनको प्यास ल्याउछ

आज तिमी म बाट टाढिएकी छौ
भोली समयले मेरै पास ल्याउछ

अन्धकार पुरा छाउदा त्यो बस्तिमा
सोच्दै होलान ‘सम्भु’ले प्रकाश ल्याउछ

पुराना ती दिनहरू भुलेर नवबर्ष आऊ

पुराना ती दिनहरू भुलेर नवबर्ष आऊ
लालीगुरास बनैभरि फुलेर नवबर्ष आऊ

आगमन तिम्रो देशको चारैतिर होस्
गाउ बस्ती शहरहरू डुलेर नवबर्ष आऊ

जिन्दगी यो आलटालमै बित्ने भो

जिन्दगी यो आलटालमै बित्ने भो
माया पिरतिको जालमै बित्ने भो

मिलन त केवल सपना मात्र भो
जिन्दगी किनाराको हालमै बित्ने भो

गरीबी पहिचान,पिछडिएको देश
लाग्छ जिन्दगी अनिकालमै बित्ने भो

हेरौला भन्थिए देशले फेरेको मुहार
देशको बिकास कछुवाको चालमै बित्ने भो

संबिधान कहिले बन्छ त नेता ज्यू ?
नसुनी जवाफ जिन्दगी सवालमै बित्ने भो

अहँ ! मान्छेमा अचेल हृदय हुँदैन

अहँ ! मान्छेमा अचेल हृदय हुँदैन
पर्खिने कसैलाई यहाँ समय हुँदैन

मान्छेले मान्छेमा फरक देखेपछि
लाग्छ फेरि देशमा बुद्धको उदय हुँदैन

युधमा पराजय तिम्रो अवश्य हुन्छ
कलम बोकेर मैदानमा बिजय हुँदैन

पक्कै ! पत्थर पनि एक दिन फूल हुनेछ

पक्कै ! पत्थर पनि एकदिन फूल हुनेछ
नसुध्रिए अब नेताहरू यो भुल हुनेछ

मर्छन जब देशको चोर-भ्रष्ट नेताहरू
फुकेको शंख शान्तिको बिगुल हुनेछ

चुस्छौ चुस रगत जनताको शोषकहरू
ढाक्ने पछि नत्र किटनाशक झुल हुनेछ

धर्ती हेरेर आकाश पनि,किन रुन्छ होला

धर्ती हेरेर आकाश पनि, किन रुन्छ होला
चोखो प्रेममा घात मात्र, किन हुन्छ होला

सँगै जिउने सँगै मर्ने, सपनाहरू देखाउने
प्रियसीले फेरि अर्कै, संसार किन चुन्छ होला

सुटुक्क आई दिलमा पसेर

सुटुक्क आई दिलमा पसेर जान्छे ऊ
प्रेमको बात गर्दै नजिक बसेर जान्छे ऊ

आगमनले उनको पग्लिन्छ तातेर लाभाहरू
समिप आई अंगालोमै कसेर जान्छे ऊ

हार खाई बिवस भई जोवन सुम्पिदिदा
गुलाबी त्यहो ओठ शरीरमा घसेर जान्छे ऊ

अब म के गर्छु हेर्दै जाऊ

अब म के गर्छु हेर्दै जाऊ तिमी
कि बाच्छु वा मर्छु हेर्दै जाऊ तिमी

प्रतिक्षा समाप्त भो बसन्तको अब
कि फुल्छु वा झर्छु हेर्दै जाऊ तिमी

दुश्मनहरू घुमिरहेकोछन मेरो वरिपरि
प्रतिकार वा पाउ पर्छु हेर्दै जाऊ तिमी