देखेर उनलाई आज यो मन भुलेको छ
उनी आउँदा वनैभरि गुरास फुलेको छ
उमंग र खुशीहरू छाएको छ चारैतिर
खुसी हुँदै भीरपाखा यो मन डुलेको छ
पत्थर पनि पग्लिन के बेर लाग्दो रहेछ
यो मुटुमा आज उनको माया घुलेको छ
कालो बादल आकाश भरी रिमाझिमे झरी
उनको मुहार देखेपछि आकाश खुलेको छ
