Skip to content

पक्कै ! पत्थर पनि एक दिन फूल हुनेछ


पक्कै ! पत्थर पनि एकदिन फूल हुनेछ
नसुध्रिए अब नेताहरू यो भुल हुनेछ

मर्छन जब देशको चोर-भ्रष्ट नेताहरू
फुकेको शंख शान्तिको बिगुल हुनेछ

चुस्छौ चुस रगत जनताको शोषकहरू
ढाक्ने पछि नत्र किटनाशक झुल हुनेछ

हर गाउ-बस्तीबाट गुञ्जिन्छ नाराहरू
जनताहरूको आवाज तिखो त्रिशुल हुनेछ

प्रतिकारमा उत्रिन्छौ लड्न दुश्मनसँग
देशको खातिर मृत्‍यु पनि कबुल हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *