पुराना ती दिनहरू भुलेर नवबर्ष आऊ
लालीगुरास बनैभरि फुलेर नवबर्ष आऊ
आगमन तिम्रो देशको चारैतिर होस्
गाउ बस्ती शहरहरू डुलेर नवबर्ष आऊ
नझरोस आसु कसैको दु:खहरू हटोस्
खुशीको पहाडहरू चुलेर नवबर्ष आऊ
कठोर र शोषक मनहरू जति छन यहाँ
सबैको दिलमा माया घुलेर नवबर्ष आऊ
हत्या हिंसा आतंकहरू हराएर जावोस
चारैतिर शान्ति झुलेर नवबर्ष आऊ