Skip to content

जिन्दगी यो आलटालमै बित्ने भो

जिन्दगी यो आलटालमै बित्ने भो
माया पिरतिको जालमै बित्ने भो

मिलन त केवल सपना मात्र भो
जिन्दगी किनाराको हालमै बित्ने भो

गरीबी पहिचान,पिछडिएको देश
लाग्छ जिन्दगी अनिकालमै बित्ने भो

हेरौला भन्थिए देशले फेरेको मुहार
देशको बिकास कछुवाको चालमै बित्ने भो

संबिधान कहिले बन्छ त नेता ज्यू ?
नसुनी जवाफ जिन्दगी सवालमै बित्ने भो

Leave a Reply

Your email address will not be published. Required fields are marked *