सराब छ, रात छ तिम्रो, तस्बिर छ मसँग
अनि चाहेको नपाउने, तक्दिर छ मसँग
तिमीलाई महलमा सजाउन सक्दिन म
दुई छाक भोक टार्ने, जागिर छ मसँग
खुशी हुन्छौ वा हुन्नौ, यी अङ्गालोमा बेरिँदा
अलिकति खुशी अलिक, पिर छ मसँग
तिमीलाई दिने मसँग, छैन केही अरु
लैजाऊ एउटा मुटु अनि, शरीर छ मसँग
