Skip to content

कल्पना पौडेल 'जिज्ञासु'

दुधे बच्चा छोडेर

दुधे बच्चा छोडेर सात समुद्र तर्दा पनि
देखनौ आज मैले यति संघर्ष गर्दा पनि

ज्यानै खायो रोगले प्रवासको गुलामीमा
बुझ्ने मेरो कोही छैन अँश्रुधारा झर्दा पनि

तीन मुक्तक (भूकम्प)

विनासकारी भूकम्पले देशको साँच्चै बेहाल भयो
हजारौंले ज्यान गुमाउदा लासै लासको खाल भयो
कसलाई के थाहा कठै बरै यो प्रलय होला भन्ने
बैशाख १२ इतिहासनै रहने कालो साल भयो

20150421_KalpanaPoudyal_News

संयुक्त गजल संङ्ग्रहको बिमोचन तथा GFNL इजरायलमा नयाँ कार्यसमितिको चयन

विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले मिति २०७२ बैशाख ५ गते शनिबार इजरायलको तेलअभिभमा आयोजना गरेको ‘सगरमाथा देखि मृत्य सागर सम्म’गजल सङ्ग्रह बिमोचन कार्यक्रम र नयाँ कार्य समितिको स्वागत तथा घोषणा कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । कार्यक्रम संस्थाकी अध्यक्ष काजल घिमिरे नानुको अध्यक्षतामा भएको थियो ।

मार्च ८सँग जोडिएको महिला आन्दोलन

आजभन्दा १०५ वर्ष अगाडि न्यु-र्योर्कमा समाजवादी विचारका केही साहसि महिलाहरूले आफूले काम गर्ने कारखाना सुधारको माग राखी गरेको हड्तालले बिजारोपण्ँ गरेको महिला दिवस अहिले विश्व भरिनै झाङिदै गएको छ । नारीवादी आन्दोलनका छालहरू बिभिन्न बेग र उचाई लिएर समय सापेक्ष आवाजका साथ उठिरहेका छन् । यो क्रम अहिले पनि जारिनै छ । विश्वभरिमा कुनै पनि त्यस्तो मुलुक वा क्षेत्र नहोला जहाँ महिलाको उपस्थिति नरहेको होस् ।

कोमल मनका नारी

अनेकौ ति बहानाले मुटु लुट्ने धेरै हुन्छन
सोझालाई फसाउन जाल खुटने धेरै हुन्छन
कोमल मनका नारि तिमि हुनुपर्छ होसियार
भोलि तिम्रै विरोधमा यहा जुट्ने धेरै हुन्छन

KalpanaPoudelJigyashu-02

चेलीको पीडा

दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् । मिना कान्छो भाइ गर्भमा हुँदा लाहुर गएका बाउ अँझै फर्केका थिएनन् । तीन जना बहिनी मुनि जन्मिएको भाइ पनि अहिले पाटि बोकेर स्कुल जान सक्ने भएको थियो । दिनभरि साहुको मेलामा मुजुरा गरेर बेलुका घर फर्किदा चोयाको डोको कम्मरमा बार हाते पटुका, खद्दडको सारी, उनीको पछ्यौरा, नाम्लो लगाएर बोकेकी तामाको गाग्री, उकाली ओरालीमा छचल्कीँदै पोखीने त्यो पानी, डोकाका प्वाल जस्तै भएको ती ढाकाका चोलीका पाटाहरू अनि भिजेका ती कपडा, सुईँया सुस्केरा हाल्दै पिँढिमा पानीको गाग्री बिसाँउदा मिनाकी आमालाई रातको १० बज्ने गर्थ्यो ।

KalpanaPoudelJigyashu

रुढीवादी परम्म्परा विरुद्दको अन्दोलन ‘तीज पर्व’

युगौंदेखि रुढीवादी, अन्धविश्वासले महिलाहरूलाई जकडाइरहेको छ, त्यस माथि पनि नयाँ–नयाँ फेशनहरूका कारण धार्मिक विश्वास बोकेको हिन्दू सांस्कृतिक पर्व तीज झनै महंगो बन्दै गइरहेको छ अहिले । यसले भविष्यमा यो पर्वकै कारणले नारीहरू माथि अँझै नकारात्मक पीडाहरू भोग्नु पर्ने सम्भावनालाई अस्वीकार गर्न सकिंदैन ।

हिन्दू धर्म संस्कृति अनि हिन्दू नारीहरूको ताजको रुपमा रहेको हरितालिका तीजमा बिस्तारै पश्चिमा शैली हावि हुदै गइरहेको छ । कसैले हेरोस्-नहेरोस्, नाच राम्रो होस् नहोस सुर न तालका छाडा गीत बजारमा भित्रिएका छन् हाउभाउ, अभिव्यक्ति, शैली मिलोस्-नमिलोस्, उफ्रिरहेकै देखिन्छन् ।