Skip to content

कल्पना पौडेल 'जिज्ञासु'

तीन मुक्तक (मनको मझेरीमा)

एक

पहिलो पटक पुगेकी थिए रामेछापको भँगेरीमा
खुशी र पीडाको आँसु झरे गंगालालको घडेरीमा
तिम्रो योगदान ब्यर्थै खेरा गए जस्तो त्यो भान हुँदा
भक्कानिदै गाठो पर्‍यो जिग्यासुको मनको मझेरीमा

आत्माको मिलन भए

आत्माको मिलन भए त्यै सम्बन्धमा घरबार हुन्छ
पिरतीको सौगात बर्से झुपडी पनि दरबार हुन्छ

तिम्रो नै भरोसामा नाता समाज छोडी आएँ
लैजाऊ मलाई धेरै टाढा जहाँ मायाको संसार हुन्छ

अन्तर्राष्ट्रिय नेपाली साहित्य प्रतिष्ठानको गठन

रोजगारीका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेर पनि कला र साहित्य मार्फत् देशमा योगदान पुर्‍याउँदै आएका प्रवासी नेपाली साहित्यप्रेमीहरूलाई सङ्गठित गर्ने उद्देश्यबाट ‘अन्तर्राष्ट्रिय नेपाली प्रगतिशील साहित्य प्रतिष्ठान’ को गठन गरिएको छ ।

दशैं स्पेसल (गजल)

दशैँ आयो फेरि कति खसी राँगा मर्छन कठै !
मानव रुपी दानवले आफ्नो पेट भर्छन कठै !

मासुको बिलो लाउँदा हानालुछी गर्दै राक्षस
रक्सीको सितन बनाई मोजमस्ती गर्छन कठै !

तीन मुक्तक (देश भक्ति)

दिनहुँ पत्रिकामा अशुभ समाचार देखेर दिक्क लाग्छ
सत्तामा पुगेका देश लुट्ने गद्दार देखेर दिक्क लाग्छ
हजारौं जनताको आहुतिको खै? क्षमा याचना सम्बोधन
तिनै निष्ठुरी हत्याराको सरकार देखेर दिक्क लाग्छ

तीन मुक्तक (जुन सरकार आए पनि)


जुन सरकार आए पनि देश फेरिएन
दुखी गरिब निमुखाको भेष फेरिएन
सर्वहारा वर्गले न त मुक्ति पाए कठै !
चाहनामा लागिरहने ठेस फेरिएन

20160618_KalpanaPoudelJigyasu-Notice

२०३औं भानुजयन्तीको अवसरमा विश्वव्यापी मुक्तक प्रतियोगिता (सूचना)

मुक्तक विधाको विकास र विस्तार गर्ने उदेश्यले २०३औं भानु जयन्तीको अवसरमा विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा र विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया शाखाको संयुक्त आयोजनामा हुन गइरहेको विश्वव्यापी अनलाइन मुक्तक प्रतियोगिताका लागि जम्मा तीन ओटा मुक्तक आव्हान गरिएको छ ।

नेपालको मुहार फेर्न

नेपालको मुहार फेर्न युवा एकजुट हुनुपर्छ
विकासको आकार फेर्न युवा एकजुट हुनुपर्छ

भोकाको पेट भरिनेछ नांगाको लाज छोपिनेछ
गरिबको आधार फेर्न युवा एकजुट हुनुपर्छ

शोषित पीडित गरिबका दर्द

शोषित पीडित गरिबका दर्द सुन्ने सरकार चाहियो
भत्केका गाउँबस्तीहरू कै सामुन्ने सरकार चाहियो

धेरै खपिन आँधी हुरी देशमा तुफान उठ्दा खेरी
नयन पुछी आमाको आँसु थुन्ने सरकार चाहियो

तोडेर त्यो बन्धन सारा

तोडेर त्यो बन्धन सारा बसाई सरि आऊ न प्रिय
मलाई छोडी फेरि कतै नजाने गरी आऊ न प्रिय

किनारमा नै बित्यो जीवन पर्खी बस्दा तिमीलाई
बाध्यताको गहिरो सागर छिट्टै तरी आऊ न प्रिय

भन्नु भयो स्वामीज्यूले

म रुँदा सधैँ भावुक बनी भन्नु भयो स्वामीज्यूले
नरोऊ प्यारी रुन्छु म नि भन्नु भयो स्वामीज्यूले

कैले आउने प्रिय तिमी गहारो भयो जिउन मलाई
कति बसौ त्यो दिन गनी भन्नु भयो स्वामीज्यूले

बिना कसुर दोषी बनाई

बिना कसुर दोषी बनाई बोली बार्यो निष्ठुरीले
अजम्बरी साइनो तोडी जिउँदै मार्यो निष्ठुरीले

विश्वासको दियो किन निभ्यो कारण सोधिरहें
अनेक झुटो बहानामा मलाई टार्यो निष्ठुरीले

गुँडमै छोडी निस्केकी थिएँ

गुँडमै छोडी निस्केकी थिएँ जुटाउन चारा तिमीलाई
धिक्कार छ सकिन पिलाउन दूधको धारा तिमीलाई

निष्ठुरी थिई आमा भनी कहिल्यै नसोच्नु छोरा तिमीले
भेटेर बताउनेछु मेरो त्यो बाध्यता सारा तिमीलाई

हिमाल हाँसेको देखेर

हिमाल हाँसेको देखेर आकास खुलेको कति राम्रो
हिमचुलीको माथि माथि डाफे डुलेको कति राम्रो

पहाड देखि झर्छन् नदी बगाउँदै मलिलो माटो
तराईका फाँटमा पहेंलै धान झुलेको कति राम्रो

तीन मुक्तक (उदार सोचमा सदा हुन्छ झेल)

१)
उदार सोचमा सदा हुन्छ झेल जिन्दगीमा
कहिलेसम्म खेलौं हार्दै खेल जिन्दगीमा
चाहनाको बलि चढाई बित्यो उमेर प्रवासमै
बगिरहन्छन आसुँका यी भेल जिन्दगीमा

KalpanaPoudelJigyashu-03

आन्दोलन गर्न छोड

आन्दोलन गर्न छोड मधेसी हामी जनता बाँच्नु पर्छ
कालो बजार बढ्दै छ देशमा महंगी त्यो नाँस्नु पर्छ

जो मरे पनि नेपाली हुन् लड्न छोडी शोच यस्तो
हिमाल पहाड र तराई सबै युगौयुग हाँस्नु पर्छ

चरीको विलौना

घनघोर जंगलको बीचमा एउटा पन्छी बन्य जन्तुहरूको बस्ती थियो । त्यसै मध्ये एक परिवार थियो पंछीको, जहाँ एक जोडी माउका दुईवटा चल्ला गरी चारवटा पन्छिरहन्थे । वरिपरि घना जंगल भएकाले चारो खोजेर आहार बटुल्न मुस्किल हुने हुँदा प्राय माउ (भाले) टाढा टाढाको फाटमा जाने गर्थे । तर ती चार पंछीको परिवारमा आहार खोजेर ल्याउने कोही थिएनन् । माउ भाले एकदमै अल्छी थियो, पोथी माउले कतैबाट व्यवस्था गरेमा मात्र पेट भर्थे । बचेरा ठूला हुदै गएका थिए, आहार पनि बढेदै गएको थियो । त्यसैले पोथी माउलाई चिन्ताले सतायो, न बस्ने गूड थियो न त आहार नै ।

नयाँ सरकार (गजल)

राष्ट्रको शीर बैरीसामु झुक्न नदेऊ नयाँ सरकार
देश प्रतिको जिम्मेवारी चुक्न नदेऊ नयाँ सरकार

शहिदले रगत बगाइ सिर्जिएको नेपाल हाम्रो
दुश्मनलाई वरिपरि ढुक्क नदेऊ नयाँ सरकार

20150723_KalpanaPoudelJigyasu_News

इजरायलमा २०१औं भानुजयन्ती सम्पन्न

विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा २०१ औं भानु जयन्ती तथा विश्व नेपाली साहित्य महासंघको स्थापना दिवश यही २०१५ जुलाई १८ तारिक शनिवारका दिन रमातगानको पार्क लुमीमा भब्यताका साथ सम्पन्न भएको छ ।