Skip to content

शेखर ढुङ्गेल

जय होस

  • by

जय होस जय होस जय होस
मेरो जन्मभूमि नेपालको
अमर रहोस वीर शहीदका गाथा
नमेटिउन देशका सिमारेखा
उठोस हात घर घरबाट
बनाउन नेपाललाई संसारकै खास्सा
जय होस जय होस जय होस

आज धेरै पिएँ

  • by

हो आज मैले धेरै धेरै पिएँ
‘अलि’ भन्दाभन्दै निक्कै धेरै पिएँ
करले होइन
आज रहरले पिएँ
नत कुनै खुशी थियो
नत कुनै दु:ख
पिउने आदत छोड्छु भन्दाभन्दै
आज झन धेरै पिएँ

डलर टिप्ने यात्रा

  • by

बिदेश बिदेश बिदेश याने कि मनी मनी मनी !!! पन्जाब होसियारपुर का पाजी हरु पछी बिदेश हात खुट्टा नै फ्याकेर डौडने मा हामी नेपाली हरु दोस्रो मा पर्दछौ क्यारे । पढेर १८० कै डिग्री लेका हुन कि ० डिग्री सम्म का सब लाई बिदेश नै प्यारो भलै घर को भैंसी बेचेर बिदेश भेडा चराआउन नै किन नपरोस , भलै घर को दुधे बच्चा छोडेर बिदेश मा बेबी सिटिङ नै किन गर्न नपरोस , भलै घर का बुढा आमा बाबु छोडेर बिदेश मा सिनियर को सेवा गर्न किन नपरोस झर्नु पर्‍यो डलर !!1

कहाँ छ देश ?

  • by

गत साल (२००८ ) को जुन महिनामा भारत को बिभिन्न धार्मिक स्थल (मा बैस्णो देबी ,हरिद्वार ,बनारस )र कास्मिर एबम सिमला को भ्रमण गर्दा महसुस भएको तितो सत्य सहित को यो यात्राा स्मरण सुखद को पाटो भन्दा दु:खद को गहिरो पाटो नै अबिस्मरणिय भएर रह्यो अनी घर मा पिडालु बन मा पिडालु ससुराली जाँदा पनि तीन हात को पिडालु भने झै देश मा दु:ख भएर अमेरिका अाइयो अमेरिका बाट शुख को लागि घुम्न हिंडेको त्यहा पनि सही नसक्नु दु:ख देख्दा मन त मेरो दुख्ने नै भयो पाठक लाई पनि बाड्न रहर लागेर प्रस्तुत गर्दै छु ।

चिट्ठी – आमालाई

  • by

नेपाल अामा सास्टाङ दण्डवत!

फोनमा हिजै कुरा त भाको हो तिम्रा धेरै कुरा स्पट बुझ्न सकिन कुरा गर्दा गर्दै तिम्रो बिजुलीप्रसाद छोरो सुत्यो कि दूरसंचारप्रसाद, “यो फोन नम्बरमा फोन गर्न निशेध गरिएको छ” भनी लाइन काटियो । तिमी निरास हौली भनेर यो चिट्ठी लेख्दै छु । हुलाकी छोराले नहराई हडताल नगरी बेलैमा पुर्याइदेला भन्ने आसा राखेको छु ।

जीवन खाता

  • by

आज धेरै दिन पछी उस्ले
पछाडि फर्की हेर्यो
कालो बादल पछ्याउदै रैछ
दिनको उज्यालोमा रमाइरहेको उ
कालो रातले दिन को अस्तित्व थिचेको पायो
जब उस्ले आज जीवनको खाता पल्तायो

आँफै ले किनेको दोसल्ला

आज रवी सम्मानित हुने भएका छन। टोल सुधार समितीले दोसल्ला र कदर पत्र दिएर। सत्ताधारी बिसिस्ट मन्त्री दोसल्ला ओडाउन आउने भएका छन। स्तरिय खाना र बिबिध पेय पदार्थको ब्यबस्था गरिएको छ। तोकिएको समय बित्दै गर्दा निमन्त्रित पाहुनाहरु आउने क्रम भखर सुरु भएको छ।

भ्रम

  • by

“नमस्कार …!”

कोही अपरिचित व्यक्तिले किरणतर्फ हात फर्काउँदै अभिवादन गर्यो । किरण अकमक्क पर्यो । पछाडि फर्केर हेर्यो सायद अरु कसैलाई नमस्कार गरेको होला। तर पछाडि कोही थिएन । औपचारिकताका लागि नमस्कार फर्कायो । हाँस्दै हात मिलायो अनि सोध्यो “हाम्रो भेट कतै भएको थियो र माफ गर्नुहोला मैले त ठम्याउन सकिनँ । यहाँको नाम जान्न सक्छु होला ”

विवशता

  • by

आज उसलाई अँध्यारो कोठा प्यारो भएको छ । कता हुन् परिवार कता छन् आफन्त साथी ऊ बेखबर छे र पत्ता लगाउनुको पनि कुनै अर्थ रहँदैन भन्नेमा विश्वस्त छे ।

उसका रहरहरु एकपछि अर्को गर्दै विहानीको शीतको थोपाझैं विलाइ जान्थे । सम्पूर्ण जवानी घृणा डर त्रास शोषणको िबंडो थाम्दैमा बित्यो । त्यस्तो कुनै पनि दिन भएन आराम र शान्तिसित वितेको होस् । कताकता भट्किएका आत्माहरु उसमा समाहित हुन आउँथे र सम्पूर्ण समय खोसेर लान्थे । रात मात्र होइन बिहान अनि मध्यान्हसमेत उसको भएन ।

कथा अमेरिकाको

अमेरिका विश्वकै धनी र अधिक ‘होमलेस’हरुको देश हो । यहाँ पनि मध्यम वर्गीय समाजको जीवन अति नै कष्टकर छ । विगत केही बर्षदेखि अनपेक्षित रुपमा ह्रास हुँदै गएको आर्थिक स्थितिले गर्दा यस्तै अवस्था रहे आगामी एक वर्षभित्रमा मात्रै २२ लाख मानिसले आङ्ग आफ्नो घर ऋणमा लिएको गुमाउँने छन् । एक्लो क्यालिफोर्निया राज्यमा मात्र यो आर्थिक बर्षको प्रथम तीन महिनामा ५७ हजार मानिसले ऋणमा किनेको घर गुमाएको तथ्याङ्क हालै प्रकाशित भएको छ । २००८ को जुन महिनामा मात्र ७७ हजारले नोकरी गुमाउनु पर्यो । दैनिक बढ्दै गएको तेलको मूल्यका कारण विगत ६ महिनायता खाद्यान्न लगायतका वस्तुमा १० देखि ३० प्रतिशतसम्म मूल्य वृद्धि भएका कारण जीवन कष्टकर बन्दै गएको छ । सयौं निर्माण कम्पनी आर्थिक कारोवार गर्ने कम्पनीलगायत बैंकसमेत धराशयी भएका छन् । पाँच बर्षअघिको दाजोमा घरहरुको मूल्यमा ३० प्रतिशतसम्म ह्रास भएको छ भने कोठाको भाडामा भने १० प्रतिशतसम्म वृद्धि भएको छ ।