शेखर ढुङ्गेल
आकाश मुनि
आफ्नै करेसा बारी वरिपरि दैनिक भयाभह लुट, बलात्कार, हत्याको चित्कार सुनिराखेको किरणको स्पन्दनलाई इथोपिया सोमालियाको पारदर्शी करंगले के छूओस ? आफ्नै नाकमा पुत्पुत्ति रुमलीइराखेको बारुदको धुवालाई बिर्सेर अफगानिस्थानमा पड्केको बमको धुवाले के पोलोस ?
किरणले मात्र बुझ नसकेको हो कि यो सृष्टिकर्ताको योजना र संरचना भित्र कै नियति हो ? ईश्वरप्रति आस्था राख्ने कोही छ भने यो विसंगतिको लागि उनलाई दोष दिने हिम्मत गर्न सक्दैन ।
त के यो आधुनिक सकुनीको खेल हो ?
सत्य लुक्दैन झुठो टिक्दैन !
एकादेशमा एउटा स्वाभिमानी राजा थिए । उनले आफ्नो राज्यमा बिभिन्न सागसब्जी, पशुपालन फलफुल खेती गराएर अर्को राज्यमा निर्यात गरी राज्य कोषमा ठुलो धनराशी जम्मा गर्न सक्षम भएका थिए । जो कोही बेरोजगारलाई बोलाई खेती पाती पशुपालन गर्न राज्य कोषबाट बिना ब्याज ऋण सहयोग गर्थे ।
ती राजाले भर्खरै अर्को एउटा सानो राज्यमाथि विजय प्राप्त गरी आफ्नो राज्यमा गाभी फर्केका थिए । उनले विजय प्राप्त गरेको त्यो राज्यमा नागरिक धेरै गरिब र दुखी थिए । खाध्यान्नको अभाव थियो पशुपालन कृषिजन्य कुनै उत्पादन थाहा थिएन । सबै अर्को राज्यबाट महँगोमा किनेर लेराउनु पर्दथ्यो । त्यसले गर्दा त्यो देशको राज्य कोष समेत खालि थियो ।
लालच
एउटा गाउमा धेरै घनि जमिन्दारको सुन्दर परिवार थियो । जमिन्दारले आफूसित भएको हिरा मोती सुन गहना आफ्ना तीन छोरा जेठो माइलो र कान्छोको जिम्मा दिएका थिए ।
एक दिन अचानक जमिन्दारको देहबसान भयो । तीन दाजुभाइमा सम्पति बाँडफाँडको कुरोलाई लिएर झगडा सुरु भयो । उनीहरूको घर झगडा वाद विवाद लामो समयसम्म चलिरह्यो । कुनै भाइ अर्कोलाई आफूसित भएको न दिने तर अर्कोसित भएको भाग लगाउनु पर्ने कुरोमा अडिग थिए । उनीहरूको झगडाले यस्तो बिकराल रुप लियो कि सगोलमा बसेका त्यो परिवारका नोकर चाकर मात्र होइन उनीहरूका श्रीमती र सन्तान समेत घर छोडेर हिंडे ।
जोमसोम मुक्तिनाथ (यात्रा स्मरण)
धत्तेरिका! मेरो प्यारो उपत्यका (काठमाडौं)किन यसरी दिनानुदिन कुरूप विकृत हुदै गएको होला ? हेर्दाहेर्दै यसको प्राकृतिक सुन्दरता नष्ट भएर कंक्रिटको जंगलमा परिणत भएको छ । कुनै बेला यो आखाले देखेको थियो सडक बिभागको ट्यांकरले काठमाडौंको प्रमुख सडकहरूमा सडक बढार्ने र पानी छम्कने पनि गर्थ्यो । शहर बाहिर प्रशस्त हरियाली अनि खेतीयोग्य जमिन थियो । बिकासको अर्थ प्राकृतिक सौन्दर्यता ध्वस्त गर्नु होइन भन्ने कुरो हाम्रा नीति निर्माता र ब्यबसायीहरूले छिमेकी देश भारतको राजधानी दिल्लीलाई मात्र हेरे पनि पुग्थ्यो ।
मलाई थाहा छ मेरो यस्तो तर्कको कुनै तुक पनि छैन । तर ३० बर्षदेखि दिल्लीको बदलिदो स्वरुप देखेको यो निरीहलाई भने त्यस्तो पो बिकास भन्न खसखस लागेको छ । २५ बर्ष पहिले Green City Delhi अबधारणा लेराएर सुरु गरेको कार्यक्रमले आज मूर्तरूप लिएको छ । दिल्ली साँच्चिकै नमूना “हरित शहर” पनि भएको छ र भवन, सडक, सपिंग कम्प्लेक्स निर्माणमा पनि अग्रपंतिमा नै छ। के हामीले तिनको सिको गर्न सक्दैनथ्यौ ? विश्वको जुनसुकै देशमा पनि आफ्नो एतिहासिक महत्व राख्ने स्थानको मौकिकतालाई जोगाइराख्न निश्चित योजना लागु गरिएका छन् । काठमाडौं उपत्यका जहाँ दर्जनौ पुरात्वतिक महत्व र युनेस्कोबाट संरक्षित क्षेत्र हुँदा हुँदै पनि यस्तो विकृत र कुरूपतालाई रोक्ने प्रयास नहुनु दुखद मान्नु पर्छ ।
अन्तिम प्रहर
तिमी चाहिं किन रोएकी नि ? मनबाट रुने त मैले कोही देखिन त ? आँखाबाट रोएर दुनियालाई के भन्न खोज्दैछ्यौ ? तिम्रो त दिन खुले नि ? अब मेरो हप्काइ खानु परेन । मेरो रिस देख्नु परेन । अब कहिले पनि तिमीले मेरो कारणबाट चित्त दुखाउनु नपर्ने भयो हगि ? म जिउँदो हुँदा कति वचन लगाई रहन्थे । अब त हाई सन्चो भयो तिमीलाई । खप्परमा त लेखेर लेराएकै रहेछौ नि तिमीले ! ल जे जे भयो भयो, जति गल्ति गरें, मेरो बुद्धि पुगेन । म मुर्ख मान्छे । मेरो सोच दरिद्र थियो, मैले सबैको चित्त दुखाएँ । मलाई माफ गरिदेऊ है । अब कहिल्यै दुख दिन्न, कहिल्यै गाली गर्दिन तिमीहरूलाई ।
“रामभक्त रिसाएका छन् । यो फटाहा ! धत्तेरिका त्यसको पनि नाम लिनु ? त्योसित संगत गर्न पुगेर कस्तो गल्तो भयो । के गर्ने, मुखले ठिक्क पार्थ्यो अगाडि परेपछि हिहिहि । “किरणजी तपाईं जस्तो मित्र कहाँ पाउनु ?” भन्थ्यो । अलि पर पुगेपछि धतुरो झार्दो रहेछ । पछि पो थाहा भयो । साथी भनी विश्वास गर्यो, घर व्यवहारको दुखेसो पोख्यो । ऊ त तिललाई पहाड बनाएर उल्टो सुल्टो बुट्टा भरेर कान कानमा हावाको बेग झैँ खबर पुर्याई सक्दो रहेछ । जीवनभर बच्चै बुद्धिको भएर मर्ने भयो फटाहा ।” एक छिन किरण चिताबाटै उसलाई दुख दिने मित्रको सम्झना गर्छ ।
चिता नजिकैबाट आएको आवाज किरणको कानमा ठोकिन्छ – “नरोऊ आमा नरोऊ । एक दिन सबले जानै पर्छ । बरु छिट्टै गएर उनी भाग्यमानी भए । अशक्त भएर घर परिवारको बोझ भएर बाँच्नुभन्दा त जानै जाति नि । उनको आत्माले शान्ति पाओस् । राम्रोसित क्रियाकर्म गरिदेऊ । रोएर के हुन्छ बेकारमा ?” छोराछोरी आमालाई सम्झाउदै थिए ।
