महंगीले आकाश छुन्छ सरकार केका लागि
यहाँ अन्धो कानून छ सरकार केका लागि
भत्किदै छन धरोहर मिचीदैछन सीमाहरू
आफ्नै भूमि पराई हुन्छ सरकार केका लागि
खानलाई चामल छैन कहिले नूनको अभावले
रुकुम, रोल्पा, मनाङ रुन्छ सरकार केका लागि
हुन हुन्न सानो केही, माग पुरा गराउन
जस्ले पनि बाटो थुन्छ सरकार केका लागि
विकाश दिन्छु, शिक्षा दिन्छु भनी माथि पुगेकाको
आफ्नै शुरताल धून छ सरकार केका लागि
