आँशु आँशु सधैं सधैं सिरानीमा हिजो आज
दुख पीडा बल्झिदै छ जवानीमा हिजो आज
यता धायो उता धायो हुन्छ कि त केही भनी
खालि हात दिन बित्छ हैरानीमा हिजो आज
पाल्यो नँया नँया ईच्छा खुसी हुदै रातभरि
मन दुख्छ आँखा खुल्दा बिहानीमा हिजो आज
जहाँ जता गएपनि नातावाद कृपावाद
सारा ईच्छा मिल्न थाले खरानीमा हिजो आज
हाँसो खुसी सफलता रहरैभो जिन्दगीको
ब्यथै ब्यथा भरिएछ कहानीमा हिजो आज
