Skip to content

म त भन्छु पिरतीमा घात आफै रोज्यौ तिम्ले


म त भन्छु पिरतीमा घात आफै रोज्यौ तिम्ले
यता छाडी उताको त्यो साथ आफै रोज्यौ तिम्ले

हुन्न ठुलो सानो जात यो मायामा भन्ने तिमी
आज फेरि किन कुन्नि जात आफै रोज्यौ तिम्ले

नत हुन्छ धन ठुलो चोखो मन भए पुग्छ
भनी फेरि सुनका ती खात आफै रोज्यौ तिम्ले

जुनि जुनिसँगै बाँच्ने मर्ने भनी सँगैसँगै
आखिरीमा पराईको हात आफै रोज्यौ तिम्ले

घात प्रतिघात गरी दया झिकी मनबाट
सधै सधै रुनलाई रात आफै रोज्यौ तिम्ले

2 thoughts on “म त भन्छु पिरतीमा घात आफै रोज्यौ तिम्ले”

  1. मुक्तक
    के के छ मनमा अनेक पाप

    मुक्तक
    के के छ मनमा अनेक पाप छ /
    एक चोटी जित्ने पर्ने उस्लाई दबाब छ

    लाल पुर्जा पनित साहुले खायछ
    बाकि छत मात्रै केहि सहि छापा छ
    कमल सर्गम

  2. https://www.majheri.com/comment/reply/13215
    मुक्तक
    के के छ मनमा अनेक पाप छ /
    एक चोटी जित्ने पर्ने उस्लाई दबाब छ

    लाल पुर्जा पनित साहुले खायछ
    बाकि छत मात्रै केहि सहि छापा छ
    कमल सर्गम

Leave a Reply

Your email address will not be published. Required fields are marked *