Skip to content

दिपक

परेलीमा झर्‍यौ किन

मुटुभित्र बास मागी, अन्तै बसाइ सर्यौ किन
टिलपिलाई आखाँबाट, परेलीमा झर्यौ किन

दुइटा मुटु एउटै हुन्छ, भन्थ्यौ तिमी पिरतीमा
प्रेमको नाटक रची, बिस्वासघात गर्यौ किन

अश्मिता लुट्छन यहाँ

आफ्नै हुँ भन्नेहरू, अश्मिता लुट्छन यहाँ
मखुण्डो ओढिकन, सर्वस्व लुट्छन यहाँ

धन सम्पत्ति जात भात, समाजको रीतले गर्दा
सम्बन्ध ती प्रेमका, अनयासै छुट्छन यहाँ

एक थुङ्गा अक्षरहरू

तिम्रो मृत्युको खबर
छापिएको पत्रिका
इन्टरनेटका पानाहरूमा मृत्युले कोरेका
तिम्रा नामहरू
आकाश पनि झरे जस्तै लाग्छ
मेरै शिर माथि
टाउको उठाएर हेरेँ

तिम्रो याद भुलाउन अलिकति पिएँ आज

तिम्रो याद भुलाउन, अलिकति पिएँ आज
यही सस्तो बहानामा अलिकति लिएँ आज

धुजा धुजा परेछ यो, मन मुटु च्यातिएर
फाटेको यो हृदयलाई अलिकति सिएँ आज

पराई भूमि

बिदेशको दु:ख ब्याथा गजलमा कोर्दछु म
देखेका ती सपनाहरू आफैंभित्र तोड्दै छु म

आफ्नै खेत बाँझो राखी मिठो खाने लालचमा
पराई देशको जंगलमा झारपात गोड्दै छु म