Skip to content

पराई भूमि


बिदेशको दु:ख ब्याथा गजलमा कोर्दछु म
देखेका ती सपनाहरू आफैंभित्र तोड्दै छु म

आफ्नै खेत बाँझो राखी मिठो खाने लालचमा
पराई देशको जंगलमा झारपात गोड्दै छु म

भैसी गोठ पाखा लगाई त्यही धनले यता आएँ
गोबर छुन घिन लाग्थ्यो मान्छेया’ भकार सोर्दैछु म

आशा ठुला नराख्नु है प्रिय तिमी बिदेशको
घर आउने बाटो खर्च उधारीमा जोड्दैछु म

तितो खस्रो जे खाए नि आफ्नै देश प्यारो रै छ
नियास्रो छ पराई भूमि आजैदेखि छोड्दै छु म

Leave a Reply

Your email address will not be published. Required fields are marked *