चिसो बतासले
कान चुमेर
मुटु छिचोल्दै गर्दा
तिम्रो न्यानो स्पर्शको
सम्झना बोकेर
भौँतारिरहेछु
यो कंक्रिटको जङ्गलमा
चिसो कपासको भुवाहरू छिचोल्दै
तिम्रो अभावको आभाष
भोगिरहदा
एक जोडी परेवा
भुनभुनाई रहेछन्
मेरो अस्तित्वको खातिर
मौनता साचेँर
टुलु टुलु हेरिरहेछु
त्यो निर्विकल्प जोडी
औँशीले
आकाश छोपेर
उज्यालो निल्दै गर्दा
निस्पट अध्यारोमा
म,
खोजीरहेछु
तिम्रा नयनहरू,
हराएका जुनकिरीहरू ।
