Skip to content

हराएका जुनकिरीहरू


चिसो बतासले
कान चुमेर
मुटु छिचोल्दै गर्दा
तिम्रो न्यानो स्पर्शको
सम्झना बोकेर
भौँतारिरहेछु
यो कंक्रिटको जङ्गलमा
चिसो कपासको भुवाहरू छिचोल्दै

तिम्रो अभावको आभाष
भोगिरहदा
एक जोडी परेवा
भुनभुनाई रहेछन्
मेरो अस्तित्वको खातिर
मौनता साचेँर
टुलु टुलु हेरिरहेछु
त्यो निर्विकल्प जोडी

औँशीले
आकाश छोपेर
उज्यालो निल्दै गर्दा
निस्पट अध्यारोमा
म,
खोजीरहेछु
तिम्रा नयनहरू,
हराएका जुनकिरीहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *