आफ्नै हुँ भन्नेहरू, अश्मिता लुट्छन यहाँ
मखुण्डो ओढिकन, सर्वस्व लुट्छन यहाँ
धन सम्पत्ति जात भात, समाजको रीतले गर्दा
सम्बन्ध ती प्रेमका, अनयासै छुट्छन यहाँ
सँगै जिउने भन्दा भन्दै, बाध्यताले टाढा हुँदा
साँचेका ती सपनाहरू, ऐना सरी टुट्छन यहाँ
कठै भन्ने कोही हुन्न, पर्दा खेरी बिपत्तिमा
निमुखाको घाँटी रेट्न, ब्वासो झैँ जुट्छन यहाँ
यस्तै रैछ मानव चोला, जन्म मृत्यु अघिपछि
पानीको फोका जस्तै, जिन्दगानी फुट्छन यहाँ

dani 6 hai hajurko gajal ta
dani 6 hai hajurko gajal ta ,,,,,,,,,,,,,,,,,I like your gajal………..