Skip to content

एक थुङ्गा अक्षरहरू


तिम्रो मृत्युको खबर
छापिएको पत्रिका
इन्टरनेटका पानाहरूमा मृत्युले कोरेका
तिम्रा नामहरू
आकाश पनि झरे जस्तै लाग्छ
मेरै शिर माथि
टाउको उठाएर हेरेँ
आकाश माथि नै थियो
किन्तु
म पत्रिकाहरूको बीचमा
सबै पत्रिकाहरू च्याते
झुट्ठा भनेर चिच्चाए
तर
क्रुर त्यो
तिम्रै समीप पनि पुगेछ
यो कस्तो रीत
अनयासै छुटनु पर्ने
जीवन पानीको फोका जस्तै
क्षणभरमै फुटनु पर्ने
फुटछ र बिलिन हुन्छ
नलेख्‍नु पर्ने यो लेखी रहेछु
चाहाट बिनाका शब्दहरू कोरी रहेछु
म चाहान्न तिम्रो नाममा स्व. जोडु
म चाहान्न तिम्रो नाममा श्रदाज्जली कोरु
किन्तु
समय बलबान छ स्व. जोडेको छ
म हारेको छु
तिमी बिनाको संसार
७ अर्ब बीच हराईरहेको मेरो एकल टाउको
यो जन्म र मृत्युको खेल
तिमी दौडीयौ र पुग्यौ
बाटो त्यही हो
पुग्ने त्यही हो
भेटने त्यही हो
अनन्त सम्म…
श्रद्धाका एक थुङ्गा अक्षरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *