Skip to content

राज धिमाल आशुतोष

१६ अक्षरे वार्णिक छन्द कविता

मनको घाउ, दुखेर रुन्छु, होइन तनको
भन्देउ प्रिया, होइन भनी, भिखारी धनको
प्यारी, पिडा मनको

मागेको थिएँ, पिरती तिम्रो, किन खै बुझिनौ
बगाई आँसु, हसाकै थिएँ, आखिर रुझिनौ
प्यारी, मर्म बुझिनौ

मेरो प्रश्नको जवाफ उस्ले प्रश्नले नै दिई ।।

मेरो प्रश्नको जवाफ उस्ले प्रश्नले नै यसरी दिई ।।
यस्तै जाडोको बेला थियो । म टोलाइरहेको थिँए । तर किन ? खै याद नै भएन । लाख कोसिस गर्दा पनि यो दिमागले सम्झिन नै सकेन । त्यतिकै मा पछाडीबाट कसैको आवाजले मलाई बोलायो । मैले शिर घुमाए ,जता बाट आवाज आएको थियो । मेरो सामु हातमा फुल लिएर उभिएकी थिइन् चढ्दो बैशालु उमेर कि एक युवती । “सानू ,तिमि कता हिडेकी हातमा फुल बोकेर ?” मेरो यो प्रश्नको जवाफमा उस्ले हातको त्यो फुल मेरो अगाडी राख्दै अनि ओठ टोक्दै भनी ” आशुतोष ,के तिमी र म मिलेर एउटा love story बनाउन सक्दैनौं ?” अनि मैले त्यो फुल………दुबैको ओठमा मुस्कान……….

तिर्खा मेट्ने खोली तिमीले

तिर्खा मेट्ने खोली तिमीले ,पायौ र त अन्तै ।
धोका मलाई दिई माया ,लायौ र त अन्तै ।।

हुन पनि छाड्यो भेट ,अचेल तिम्रो र मेरो
तारा दिन्छु भन्नेसँग तिमी ,धायौ र त अन्तै ।।

यता तोड्यौ वाचा कसम ,खुसि हुदै तिमिले
सँगै जिउने मर्ने कसम ,खायौ र त अन्तै ।।

रहर तिम्रो पुरा भयो ,अनि बनायौ पागल मलाई
मेरो घरबार उजाड पारी ,छायौ र त अन्तै ।।

कसरी हुन सक्छु र म ,अब सधैं सधैं खुसी
मेरै आँखा सामु घरबार ,बसायौ र त अन्तै ।।।

राज धिमाल `आशुतोष´
बर्दिबास ९,महोत्तरी

RaazDhimalAshutosh

मर्दिन भन्थ्यौ नभई जीवन साथी तिम्रो

मर्दिन भन्थ्यौ नभई जीवन साथी तिम्रो
तर आज छोडीगयौ अधुरो पारी प्रेम कहानी हाम्रो

जस्को साथबाट यति धेरै माया मोह पाए
हे दैव उसैलाई चुड्यौ मबाट किन ?
उठाउ बरु मलाई नि उस्को चितासगै
सक्दिन अब एकैपल ऊ बिना जिउन