हे दैव तेरो लिला अपार छ
मेरो माथ ठोक्ने तेरो द्वार छ
अरे के चै लेखिस भाग्यमा मेरो
लौ हेर मेरो रित्तो निधार छ
खुसी त सकिनस दिन पीडा नदे
कि सधैं आँसु दिने बिचार छ
खै कस्तो मुटु तेरो मलाई हेला गरिस
हेर यता पीडा मलाई लगातार छ
जति हेला गरे नि गर्दिन अब गुनासो
किनकि मनमा तेरै पुकार छ
