Skip to content

जिस्काई सबको सामु (गजल)


जिस्काई सबको सामु परेली, सन्काउने मन छ
फकाउदै फेरि हाम्रो माया, तन्काउने मन छ

भगाई लैजाऊ भन्छे मोरी, माग्दा दिदैनन् रे बा’ले
मलाई नौमती अनि पञ्चेबाजा, घन्काउने मन छ

भागी जाने कुरै नगर, लानेछु म आगन पोली
अनि जग्गेमा तिमीलाई आँखा, झिम्काउने मन छ

लिई आउछु जन्तीका लस्कर, नाच्दै गाउदै तिम्रो घर
जन्तीकै साथमा भोज भतेर, दन्काउने मन छ

हुन्न दु:ख खान्न अम्मल, धेरै छन पछि लागनेहरू
दुलही बनाई तिमीलाई घर, भित्र्याउने मन छ

राज धिमाल आशुतोष
एउटा अज्ञात दिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *