Skip to content

सुमन खड्का (स्पन्दन)

SumanKhadkaSpandan

डेरा जिन्दगी

‘घरबेटी आमा ! ए घरबेटी बा !’ मेन गेटको ढोका ढक ढक गराउदै म कराएँ ।

‘को हो हँ ?’ भित्रबाट नारिस्वर प्रबाह भयो घरबेटीमा रहेछिन् ।

‘म कोठा खोज्दै आको यहाँ कोठा खाली छ रे हो ?’ मैले सिधै भनिदिए ।

‘घर कहाँ हो बाबु ?’ उनले भनिन् ।

दुई मुक्तक (कति पढ्न बाकी छ)

कति पढ्न बाकी छ भनी, कोर्सको कुरा नगर भो
जागिर खान सोर्स अनि, फोर्सको कुरा नगर भो
आजकल त पढाईभन्दा, पैसा बिग्छ हाम्रो देशमा
बिज्ञ मान्छे पाउछौ भन्ने, व्यर्थको कुरा नगर भो

पीडाको आँशु

किन झर्छन यी आँखाबाट आँशु
अनायासै अनगिन्ती थोपाहरू
साउनको सिमसिमे वर्षाझैँ
चुहिरहेछन, र त थाहा पाउछु–
मन भित्र त,
पीडाको सागर उम्लेको रहेछ
थाम्न नसकिने भयो यी आँशुहरू