कति पढ्न बाकी छ भनी, कोर्सको कुरा नगर भो
जागिर खान सोर्स अनि, फोर्सको कुरा नगर भो
आजकल त पढाईभन्दा, पैसा बिग्छ हाम्रो देशमा
बिज्ञ मान्छे पाउछौ भन्ने, व्यर्थको कुरा नगर भो
किन झर्छन यी आँखाबाट आँशु
अनायासै अनगिन्ती थोपाहरू
साउनको सिमसिमे वर्षाझैँ
चुहिरहेछन, र त थाहा पाउछु–
मन भित्र त,
पीडाको सागर उम्लेको रहेछ
थाम्न नसकिने भयो यी आँशुहरू