Skip to content


किन झर्छन यी आँखाबाट आँशु
अनायासै अनगिन्ती थोपाहरू
साउनको सिमसिमे वर्षाझैँ
चुहिरहेछन, र त थाहा पाउछु–
मन भित्र त,
पीडाको सागर उम्लेको रहेछ
थाम्न नसकिने भयो यी आँशुहरू
मनभित्र झन् पीडाको आगो–
दन्किरहेछ, उम्लिरहेछ, र पोलिरहेछ
र त पोख्ने ठाउँ नभएर,
यी निर्दोष आँखाबाट झर्दोरहेछ
दोष के थियो र यो मनको ?
किन जलाउछ यसरी ?
किन पोल्छ भत्भति ?
अनि,
यी निर्दोष आँखालाई किन रुझाउछ ?
सायद ! एउटाको मन पोल्दाखेरी
आर्काको मन पनि पोल्दोरहेछ,
सायद ! एउटाको मनले पीडा दिदा
अर्काको मनमा पनि पीडा पर्दो रहेछ,
र त मनको सागर उम्लिएर,
निर्दोष आँखाबाट झर्दोरहेछ,
पीडाको आँशु

Leave a Reply

Your email address will not be published. Required fields are marked *