संविधानको विवादले बन्दमा फसेको छ मेरो देश अचेल
सायद संविधान नवन्ने ढङ्गमा फसेको छ मेरो देश अचेल
सडकमा जुलुस अनि टायर बालेर हिनेका छन मान्छे आज भोलि
धुलो धुवासॅगै नराम्ररी दुरगन्धमा फसेको छ मेरो देश अचेल
मनमा आशाहरु खै कसरी पो पाल्ने होला र ?
नवीन सपनाहरु खै कसरी पो साच्ने होला र ?
हाम्रो देशमा न सरकार बन्छ न गतिलो बिधान बन्छ
यो देशमा दिनहरु खै कसरी पो काट्ने होला र ?
हरेक नेपाली जनका पीडाहरू समेटिनु पर्दछ नयाॅ संबिधानमा
प्रत्येक नेपालीका हक अधिकारहरु लेखिनु पर्दछ नयाॅ संबिधानमा
हिमाल,पहाड,तराई मेची, काली फुटाउने, टुटाउने, लडाउने हैन
नेपाली तन र मन मुटुहरू जोडिनु पर्दछ नयाॅ संबिधानमा
हर दिन बलात्कृत हुदैछन, चेलीहरू मेरो देश नेपालमा
नुनिलो आशुले नै मुख धुदैछन, चेलीहरू मेरो देश नेपालमा
दोषीलाई नै सफाई दिन्छ बुझिएन, यो कस्तो अन्धो कानुन हो हाम्रो
अन्याय सहन गरेरै रूदैछन, चेलीहरू मेरो देश नेपालमा
के रेट्न सकिन्न र ? खसी बोका रेटेझै देशका भष्ट्राचारीलाई
फासी दिने कानून बने हुन्थ्यो छिट्टै अब यो देशमा बलात्कारीलाई
यहाँ गरिबलाई दशै कहाँ आएको छ र ? आएको छ दशै दशा मात्र
सधैं भरि दशै छ हाम्रो देशका ठूला – ठालु दुराचारीलाई…………..!
यहाँ एउटा धनी बनेर, जिन्दगी धानिरहेछ
अर्को यहाँ गरीब भएर, जिन्दगी धानिरहेछ
सरकारी जागिरे हौ भन्छौ, तिमी तर पनि अभावमै छौ
त्यो गरीब बिचरा भूमी खनेर, जिन्दगी धानिरहेछ
जिन्दगीका रङ्गहरु खुसी बहारमा भेटिन्छन
जङ्गलका ढेडु बादरहरु सरकारमा भेटिन्छन
नेपाल भूमी दिन प्रतिदिन सुनसान बन्दै गइरहेको छ
नेपाली मन मुटुहरु खाडी भूमी दुबै कतारमा भेटिन्छन..
अँझै पनि डर लाग्दैछ, ए नेताज्यू संविधान बनाउदैनौ कि
हामी नेपालीको पुर्खा देखिको, त्यो स्वाभिमान जोगाउदैनौ कि
विदेशी टेलिभिजनले आपत्ति जनाउॅदा, हाम्रो देशको झण्डा माथि
किन मौन छौ तिमी, हाम्रो चन्द्र सूर्य त्यो निशान बचाउदैनौ कि
भगवानले यो संसार भरिको, पीर दिन्छ भने त
मेरै भागमा मात्र फुटेको, तक्दीर दिन्छ भने त
के नै अर्थ रह्यो र बाच्नुको, यो पापी दुनीया माझ
हिन्न खोजेका हरेक गन्तव्य अगाडी, भीर दिन्छ भने त
बाढी पहिरोले गर्दा, देशमा दुर्गती आएको छ
मानवबस्तीहरुमा दुःखै दुःख, मात्र अति आएको छ
कयौंले ज्यान गुमाए, कयौं भएकाछन घरबार बिहिन
बस्तीहरु बगाउनलाई, नेपालमा बर्षादी आएको छ…………….
कुर्सी ठटाउने अनि सदन, हल्लाउनेकै छन दिन यहाँ
सडक देखी सदनसम्म, कराउनेकै छन दिन यहाँ
युवाका दिन कहिल्यै आएनन, हाम्रो देश नेपालमा
मिटिङकै बाहनामा ह्वीस्की बियरसँग, रमाउनेकै छन दिन यहाँ…..
बियरको रमझमसॅग रमाउने, हाम्रा यी राम्रा नेताहरुको
सपना थियो देशनै पल्टाउने, हाम्रा यी राम्रा नेताहरुको
बुद्धी भन्ने चिज गुमे जस्तो लाग्दैछ, आज मलाई यिनीहरुको
बानी कत्ति राम्रो सधै सदन हल्लाउने, हाम्रा यी राम्रा नेताहरुको
आफ्नै मान्छेले आफ्नैलाई, विस्वास गर्दैनन् भने
पर्दा दुःख पीडाहरू सेवाका, हातहरू सार्दैनन् भने
बाच्नु नि बेकार जस्तो लाग्छ, जिन्दगी यो मलाई
जीवनको गोरेटोमा आॅधी हुरी, चल्दा हेर्दैनन् भने
मेरो बस्तीमा आज बर्षादीले, सखाप पारेको छ
त्यो हरियाली गाउँ आधीले, सखाप पारेको छ
म किन र कसका निम्ती, गाउँ फर्किउ अब आज
आफ्नो त पुरै बस्ती बढीले, सखाप पारेको छ..
कुर्सी ठटाउने अनि सदन, हल्लाउनेकै छन दिन यहाँ
सडक देखी सदनसम्म, कराउनेकै छन दिन यहाँ
युवाका दिन कहिल्यै आएनन, हाम्रो देश नेपालमा
मिटिङकै बाहनामा ह्वीस्की बियरसँग, रमाउनेकै छन दिन यहाँ…..
बियरको रमझमसॅग रमाउने, हाम्रा यी राम्रा नेताहरूको
सपना थियो देशनै पल्टाउने, हाम्रा यी राम्रा नेताहरूको
बुद्धी भन्ने चिज गुमे जस्तो लाग्दैछ, आज मलाई यिनीहरूको
बानी कत्ति राम्रो सधै सदन हल्लाउने, हाम्रा यी राम्रा नेताहरूको