एक)
संविधानको विवादले बन्दमा फसेको छ मेरो देश अचेल
सायद संविधान नवन्ने ढङ्गमा फसेको छ मेरो देश अचेल
सडकमा जुलुस अनि टायर बालेर हिनेका छन मान्छे आज भोलि
धुलो धुवासॅगै नराम्ररी दुरगन्धमा फसेको छ मेरो देश अचेल
दुई)
हर दिन देशको नमिठो समाचार आउॅछ
र पो नेपाली मन मुटुमा खिन्नता छाउॅछ
संसद भित्रको हानथाप र मुक्का बाजीले
ए मुर्ख हो विश्वसामु नेपालीको शिर झुकाउॅछ
