Skip to content

करन बिवश

मान्छेहरू (मुक्तक)

हजारौ बहानामा मनमुटु, लुट्छन मान्छेहरू
आफ्नैलाई फसाउन जाल, बुन्छन मान्छेहरू
ए मानव अब हरेक पलपल बन्नुपर्छ होसियार
हरेक क्षण बिरोधका निम्ति, जुट्छन मान्छेहरू

मेरो प्यारो देश

मेरो प्यारो देश नेपाल
मेचीकली फैलिएको छ …
हिमाल, पहाड, तराई मिली
छरिएको लेक बेशी
आफ्नै रीति तिथि
संस्कृतिमा सजिएको

मेरो प्यारो देश नेपाल
कला, साहित्य, पुरातत्व
आफ्नै
किसिम-किसिमका थरी-थरी
संस्कार छन यहाँ
मिलाएर सेता दन्त लहर
पूर्वदेखि पश्चिमसम्म
उत्तरमा हिमाल हाँस्दै छन
छहरा र पहरासँग लडिबुडी गर्दै
डाफे मुनाल रमाइरहेछन
हरेक बस्ती बस्तीमा
मानव यहाँ
रमाइरहेछन …
आफ्नै आफ्नै संस्कारमा
आहा कति राम्रो
सौन्द्र्यले झकी झकाउ
मेरो सुन्दर नगरी
नेपाल
हो सच्चै मेरो प्यारो भूमि नेपाल
सुन्दर आहा कति रमाइलो
मनै हरर

मेरो प्यारो देश नेपाल
मुटुभन्दा नि प्यारो छ

दुई मुक्तक (तीज, यो देशमा)

१)
तीजमा पनि र्‍याप गीत पो,गाउँन थाले आजभोलि
गरगहनाले शिरदेखि पाउसम्म,छाउँन थाले आजभोलि
हातेमालो गरेर बचाउनु पर्छ, हाम्रा मौलिक सस्कारहरू
नयाँ पनसँगै कयौं विकृतिहरु,आउँन थाले आजभोलि ।

तीन मुक्तक (फादर्स डे)

ए कलियुगे मानव पत्थरमा, किन फूल चढाउँछौ
भन त तिमी कस्का निम्ति, त्यो बृद्धाश्रम बनाउँछौ
वर्षको एकचोटी ईलेक्ट्रोनिक मिडियामा फोटो राखेर
बाको साथमा बस्नु छोडी, किन ‘फादर्स डे’ मनाउँछौ

हेर्न लाउनु (मुक्तक)

गाउँ पस्दा नेता बाँझो, त्यो खेतको आली हेर्न लाउनु
फुटेका चुरासँगै नारीको, त्यो सिउँदो खाली हेर्न लाउनु
नेताको स्वागत मात्र गर्ने हैन, हरेक जन-जनका पीडासँगै
दिनहुँ पेट भर्ने जनताको, त्यो भातको थाली हेर्न लाउनु

आधी जिन्दगी……………….(मुक्तक)

आधी जिन्दगी कटेपछी, तिमी आयौं बिचमा
एक्लो यात्री थिए म किन, माया लायौ बिचमा
तड्पाउनु नै थियो भने त, जिवनको यात्रामा
तिमीले किन बनावटि, प्रेम गीत गायौ बिचमा

@ मेलौली नगरपालिका वाडं नं. ८
कोटिगाऊँ, बैतडी

चुनावी प्रचार (मुक्तक)

सामाजिक सञ्जालमा नि, चुनावी प्रचार के गर्नु र बाबै
लेखेर चुनावी नाराहरु, सोसल साईट नि के भर्नु र बाबै
जितेर आफ्नोपराई हेर्छन, नेता त सिंहदरवार छिरेपछि
के देश बनाउलान ए हजुर, यी नेताको भर के पर्नु र बाबै

चिन्ता………………………..(मुक्तक)

खडेरीले गर्दा यी डाडा काडाहरु, सुक्लान भन्ने चिन्ता
सारा युवा गरीबीले गर्दा, खाडी मुलुक पुग्लान भन्ने चिन्ता
पढेर नी गतिलो जागिर पाईन्न, यो वर्तमान परिवेशमा
गिट्टि वालुवा चालु भने, यी हातहरु दुख्लान भन्ने चिन्ता

बिरक्तिएर……………….(मुक्तक)

बिरक्तिएर जिन्दगीमा रमाउनु पर्छ कहिलेकाही
आशुं थोपा मै परेली सजाउनु पर्छ कहिलेकाही

यस्तै यस्तै नियति पर्दाका पीडा सहन गरेरै
जलेको मनमुटु नी हसाउनु पर्छ कहिलेकाही

जिन्दगी…………………..(मुक्तक)

रोदन मै बाच्नु पर्दा आसुमा डुबेकै छ जिन्दगी
नयनहरु बर्सिदा अचेल बहरमा लुकेकै छ जिन्दगी

सधैं जसो मन मुटु भरि धसि-धसी छुरी धारहरु
शुन्याताको गन्तव्यहिन यात्रामा पुगेकै छ जिन्दगी

खाडी भूमी……………………. (मुक्तक)

जिन्दगीका रङ्गहरु खुसी बहारमा भेटिन्छन
जङ्गलका ढेडु बादरहरु सरकारमा भेटिन्छन
नेपाल भूमी दिन प्रतिदिन सुनसान बन्दै गइरहेको छ
नेपाली मन मुटुहरु खाडी भूमी दुबै कतारमा भेटिन्छन..

राम्रो लाग्छ र…? (मुक्तक)

तिमी भन्दा पहिला म मरे भने, तिमीलाई राम्रो लाग्छ र…?
फूल्न नपाउदै तिम्रो बगैचामा झरे भने, तिमीलाई राम्रो लाग्छ र…?
मेरो त वास्तै गर्दिनौ रे सुन्दैछु, निष्ठुरी हुँदै छौ रे तिमी अचेल
छिट्टै यो धर्ती बाट अन्त कतै सरे भने, तिमीलाई राम्रो लाग्छ र…?

दुई मुक्तक (जिन्दगी यो)

१)

जिन्दगी यो कहिले त दियो झै जल्दो र’छ
जीवन यात्रामा कही कतै हुरी नि चल्दो र’छ
सोचे झै मनका हरेक रहरहरू पुरा हुनै लाग्दा
अन्त कतै गन्तव्यको बाटो पूरै नै बदल्दो र’छ

हजारौ………………..(मुक्तक)

हजारौ बहानामा मनमुटु, लुट्छन मान्छेहरू
आफ्नैलाई फसाउन जाल, बुन्छन मान्छेहरू
ए मानब अब हरेक पलपल बन्नुपर्छ होसियार
हरेक क्षण बिरोधका निम्ती, जुट्छन मान्छेहरू

तीन मुक्तक (के पाउदैछस् दैव)

सारा नेपालीका घरबास, उडाएर के पाउदैछस् दैव
हरेक पलपल सपना सारा, ढलाएर के पाउदैछस् दैव
हामी सबैलाई जवाफ चाहियो, ए निष्ठुरी निर्दयी दैव
यसरी दिनका दिन यो, भूमि हल्लाएर के पाउदैछस् दैव ।

मेरो भूमि (मुक्तक)

मेरो भूमि आज भक्कानिएर रोइरहेको छ पलपल
यो कस्तो पीडा ? आसुले नै मुख धोइरहेछ पलपल
यो भूकम्पीय तमासा कति देखाउछस ए निष्ठुरी दैव
हरेक बस्तीहरूमा पिडैपीडाले छोइरहेको छ पलपल