Skip to content

सुनिलमणि दाहाल

सात समुद्र छिचोलेको जिन्दगी

अतितले पनि तर्साउँछ भुल्न सकिन,
उकालीको चौतारीमा सुसाएको जिन्दगी
डाँडाको भन्ज्याङले समेत खोज्न थालेछ,
पाती चढाई ओझेल भएको मेरो जिन्दगी

पारि टारको पहेंलो तोरीबारी भुल्न सकिन
लहलह झुलेका अन्नबाली देखेको जिन्दगी
घरकी बुढी साइँली गाईले खोज्न थालिछे,
तिनको दुध पचाएर हुर्केको मेरो जिन्दगी

कहाँ होलिन् मेरी उनी ?

थाहा छैन उनी कुन ग्रहकी परी थिइन्
हावासरी उडेर मेरो दिल भित्र बस्न आइन्
यो धरतीमा बास बस्न मेरो मात्र दिल थियो र ?
दैवको नियम रहेछ त्यसरी नै उनी बिलाइन्

समयको खेल थियो, दैवको झेल थियो
खोज्न हिडे सात समुद्रपारि त्यो तिर्सना मेरो थियो
बादलुको घुम्टोले ढाकिएकी उनी लजाउदै हेर्दै होली
मुटुभरि माया बोकी मलाई पनि खोज्दै होली

कठै मेरो दिल

एक तीर चल्यो दिलमा छोयो
पीडा कस्तो हुन्छ अब थाहा भयो
कठै मेरो दिल, कठै मेरो दिल!

एक ठेस लाग्यो दिलमा घाउ भयो
चोईटिएर गयो दिल, टुक्रा भयो दिल
कठै मेरो दिल, कठै मेरो दिल !!

रमाएर जिउन सिकौं

बाँचुन्जेल रमाएर जीवन जिउन सिकौं
वीरताको इज्जत कमाएर संधै जिउन सिकौं

दुखी, बेसहारालाई अँगालो हाल्न सिकौं
मिठो बोली र बचन दिएर संधै जिउन सिकौं

हुती छैन फुर्ती गर्छन

लेख्छु आफ्नो भाग्य चाहिएन अरु कोही साथी
चोट दिने आफै थाक्छन छैन कोही भगवानमाथि

दुख सुख आफैभित्र किन बयान गरौ अरुलाई
चलिरहन्छन पाइलाहरू लाग्दैन थकान आफूलाई

जस्ले पाएका छैनन छोरी

कुरा काट्छन गाउँभरि के पो पाप भयो छोरी पाई
हासी खुशी काम गर्छिन बाबा आमाको सहारा भई
हुर्मत गर्छन मान्छेहरू जस्ले पाएका छैनन् छोरी!

हात समाई थामी दिने लौरीको सहारा हुन मेरी छोरी
छुनुमुनु छुनुमुनु गर्दै गाउँछिन् गीत आगनमा मेरी छोरी
हुर्मत गर्छन मान्छेहरू जस्ले पाएका छैनन छोरी!

दुख र सुखको साथी मेरी आमा

सन्तानको सुखमा मयूर झै नाच्छिन मेरी आमा 

ममताले भरिएकी ओत लाग्ने छहारी हुन आमा 


आफू नखाई सन्तानको पेट भर्छिन मेरी आमा
आफ्नै रगत चुसाएर सदा खुशी हुन्छिन आमा

संघर्षशील जिन्दगी

छातीभित्र पनि
दुःखका काँडाहरू थुप्रै भए
दिनहुँ घोचेर म
पटक–पटक रूदै चिच्याएको छु ।

हृदयको रगत
आँसु बनेर
आँखाबाट बगेका छन्
जीवनको घुम्ती र मोडमा
धेरै पटक ठोक्किएको छु ।

SunilManiDahal

किन माया लगाएछु !

नघोच भो अब मलाई देब्रे छाती दुख्न थाल्यो
मेरो मायालाई तौलने बानी बिष झै लाग्न थाल्यो ।

सम्हाले वर्षौ छातीभरिका सबै पीडाहरू
फर्केर आउँछ्यौ भन्ने आशमा बिताए अँधेरी रातहरू ।