Skip to content


एक तीर चल्यो दिलमा छोयो
पीडा कस्तो हुन्छ अब थाहा भयो
कठै मेरो दिल, कठै मेरो दिल!

एक ठेस लाग्यो दिलमा घाउ भयो
चोईटिएर गयो दिल, टुक्रा भयो दिल
कठै मेरो दिल, कठै मेरो दिल !!

एक सपना भयो सबै उडेर गयो
मुटुमा लागेको आगो खरानी भयो
कठै मेरो दिल, कठै मेरो दिल !!!

सुनिलमणि दाहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *