Skip to content

संघर्षशील जिन्दगी


छातीभित्र पनि
दुःखका काँडाहरू थुप्रै भए
दिनहुँ घोचेर म
पटक–पटक रूदै चिच्याएको छु ।

हृदयको रगत
आँसु बनेर
आँखाबाट बगेका छन्
जीवनको घुम्ती र मोडमा
धेरै पटक ठोक्किएको छु ।

आफ्ना पराई बने,
पराई भने
आफ्ना बनेर सताए
जोसमा होस गुमाई
अन्धकारमा
म पनि रमाएको छु!

आज तर्सिएको छु,
सम्हालिदै अगाडि बढिरहेकै छु
संघर्षशील यो जिन्दगी
जिउनुको मज्जा नै विशेष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *