सन्तानको सुखमा मयूर झै नाच्छिन मेरी आमा
ममताले भरिएकी ओत लाग्ने छहारी हुन आमा
आफू नखाई सन्तानको पेट भर्छिन मेरी आमा
आफ्नै रगत चुसाएर सदा खुशी हुन्छिन आमा
जन्म दिने हुर्काउने कर्तव्य ठान्छिन मेरी आमा
सन्तानलाई सत्कर्ममा लाग्न प्रेरित गर्छिन आमा
आमा हुने जस्तो भाग्यमानी कोही हुदैन धरतीमा
दुख र सुखको साथी आमा हुन्छिन यो लोक जहाँ
