Skip to content

मेरी हृदयकी रानी


तिम्रो रूपको किरणले बित्छ दिन मेरो
एकैछिनको मुस्कानले मर्छ थकान मेरो
भोलि फेरि एकान्तलाई झेल्नु त छदैछ
कर्मगरी जिन्दगीको रथ चलाउनु त छदैछ!

उकाली र ओरालीको यो अप्ठ्यारो बाटो
बर पिपलको फेदीले गाँसेको हाम्रो गाठो
भञ्ज्याङ र चौतारीको मिलन कति मिठो
तिम्रा दुई शब्द नै बन्यो मेरो बाँच्ने बाटो !

सागर झै विशाल हृदय कि खानी हौ तिमी
केही पलको बिछोड पनि वर्षौ बिते झैँ लाग्छ
जुनकिरी झैँ नाचिदेऊ मेरी हृदय कि रानी
मुटु पनि रोकिन खोज्छ कतै नजाऊ मेरी रानी!

Leave a Reply

Your email address will not be published. Required fields are marked *